जाजरकोट । पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ । सो निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रु एक हजारका दरले पेन्सन दिइने छ ।
आव २०७७÷७८ को निर्णयलाई चालू आवबाट कार्यान्वयनमा ल्याउन लागिएको हो । पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका प्रमुख विमल खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान पेन्सनका लागि चालू आवको पहिलो चरणमा रु पाँच लाख विनियोजन गरिएको छ, विभिन्न खेती, कृषिबाली र पशुपालनमा लागेका किसानलाई पेन्सन दिने योजना बनाएका छौँ ।”
त्यसका लागि व्यक्तिगत वा भाडाको जग्गामा कम्तीमा तीन रोपनी व्यावसायिक तरकारीखेती, पुष्पखेती वा नर्सरी स्थापना गरेको हुनुपर्नेछ । खाद्यान्न तथा तरकारीको बीउ उत्पादन गर्ने किसानले पाँच रोपनी जग्गामा खेती गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यस्तै पाँच रोपनीमै आँप, लिची, केरालगायत फलफूलखेती गरिरहेका किसान पनि पेन्सनका लागि योग्य मानिने कार्यविधिमा उल्लेख छ । पच्चीस माउ भेडा वा बाख्रा पालेका, कम्तीमा तीन दूध दिने भैँसी वा उन्नत जातका गाई पालेका किसानले पनि पेन्सनका लागि निवेदन दिनसक्ने नगरपालिकाले जनाएको छ । पाँच सय लेयर्स वा ब्रोइलर, १०० लोकल कुखुरा, कालिज, टर्की वा २५० बट्टाई पालेका किसानलाई पनि पेन्सनका लागि योग्य मानिएको छ ।
निरन्तर पाँच वर्षदेखि व्यावसायिक कृषिमा संलग्न किसान पेन्सनमा छनोट हुने नगर प्रमुख विशाल शर्माले बताउनुभयो । यसका लागि चौरजहारीको स्थानीय बासिन्दा भने हुनुपर्नेछ । प्रमुख शर्माले भन्नुभयो, “व्यावसायिक कृषिमा लागेका किसानलाई सधैँभरि पेन्सनको परिकल्पना गरेर कार्यक्रम अघि बढाइएको हो, पेन्सनबापतको रकम हरेक चौमासिकमा किसानको खातामा जम्मा हुनेछ ।” पेन्सनबापत दिइने रकम जम्मा हुनुअघि व्यवसाय निरन्तर गरे÷नगरेको अनुगमन गरेर मात्र सो पैसा खातामा जानेछ । व्यवसाय छाडेको खण्डमा भने पेन्सन रोक्का गरिनेछ ।
Related News
सम्बन्धित समाचार
कंक्रिट संरचनाले घट्दैछ धानखेत
चितवन महानगरद्वारा अनुदानमा कृषि उपकरण वितरण
दुध उत्पादन गरे हाताहाति अनुदान : २ करोड विनियोजन, १ करोड मात्रै खर्च
पशुपंक्षीको क्रूरतापूर्वक ढुवानी रोक्नुपर्नेमा जोड
तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१