चीनमा सिनेमा हल सञ्चालनलाई थप सहज

रासस
असाेज ३, २०७७
cinema-2502213_1920

बेइजिङ, ३ असोज । चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ।

यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि सिनेमा हल तथा नाटक प्रदर्शनलगायतमा सिमित दर्शक राखी सञ्चालन गर्ने अनुमति दिएको थियो ।

उक्त दायरालाई फराकिलो पार्दै छिट्टै प्रतिबन्धलाई थप खुकुलो बनाउने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । आगामी दिनमा हलमा दर्शक सङ्ख्या ७५ प्रतिशत राख्न पाउने पनि मन्त्रालयले जनाएको छ ।

ठूला ठूला व्यवसायिक प्रदर्शनहरूका लागि अझै पनि स्थानीय महामारीको नियन्त्रण अवस्थाको आधारमा दर्शक सङ्ख्याहरूको उचित नियन्त्रण आवश्यक रहेको भन्दै यसका साथै स्थानीय अधिकारीको सहमतिले कम जोखिम भएका क्षेत्रहरूमा व्यवसायिक प्रदर्शनलाई अनुमति दिइनेछ । हलभन्दा बाहिर हुने प्रदर्शनका लागि स्थानीय सङ्क्रमण खतराको अवस्था हेरी क्रमशः प्रतिबन्धलाई खुकुलो पारिनेछ।

Related News

सम्बन्धित समाचार

  • सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । गतवर्ष बकरइदको अवसरमा भएको अन्तर नेपाली समुदाय भलिबल प्रतियोगितामा सहयोगदातालाई अंग्रेजी नयाँ वर्षको अवसर पारेर कास्की आदर्श समाज…
  • पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा । बेलायतको स्कटल्यान्ड राज्यको एबरडीनमा भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ । सोमबार साँझ ब्ल्याक हिल्टन रोडमा…
  • महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने   

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८०
    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको…
  • चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८०
    पोखरा । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन्। सीसीटीभीका अनुसारप्रधानमन्त्रीबाट हटेपछि…
  • टेक्सासमा नेपाली टिमबीच भलिबल

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८०
    टेक्सास । दसैं अवसरमा अमेरिकाको टेक्सासमा आयोजित भलिबल टुर्नामेन्टको उपाधि सजनी भलिबल क्लबले जितेको छ । फाइनलमा गाेर्खा ‘ए’ टिमलाई…

hero news full width