बाघको हड्डीसहित एक पक्राउ   

रासस
भाद्र २८, २०७७
HP_ syangja..

घरभित्र काठको ठेकीमा लुकाइ राखेको अवस्थामा बाघको जस्तो देखिने ८१ वटा हडडीसहित सुरक्षाकर्मीद्वारा पक्राउ परेका पुतलीबजार नगरपालिका–१३ का केहर सिंह नेपाली सार्वजनिक । तस्वीर सौजन्यः जिल्ला प्रहरी कार्यालय स्याङ्जा, रासस

वालिङ, २८ भदौ । बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

बाघको जस्तो देखिने हड्डी लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले नेपालीको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा घरको दोस्रो तलामा काठको ठेकीभित्र लुकाइराखेको बाघको जस्तो देखिने शरीर, टाउको, बङ्गारा, च्यापुसमेत साना तथा ठूला गरी जम्मा ८१ हड्डी बरामद गरी आज डिभिजन वन कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • पर्यटकलाई दुख दिने ९ जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई…
  • कल बाइपासको धन्दामा संलग्न २ पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  ‘विदेशबाट आएको कल वा मेसेज आउँदा नेपालको नम्बर देखिएमा निशुल्क नम्बर १८८ मा टिपाई सहयोग गरिदिनुहुन अनुरोध छ…
  • अवैध सामानसहित पोखराबाट एक जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  पोखराबाट अवैध सामानसहित १ जना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक घर भई पोखरा ४ बाग्लुङ…
  • ३ जनाको हत्या गरी आत्महत्या !

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    काठमाडौं । काठमाडौ‌को नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन…
  • वडाध्यक्ष सुवेदी रिहालगत्तै फेरि पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी मंगलबार धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । उनलाई…

hero news full width