गण्डकीमा कोरोनाबाट २० जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७७
covid 19 corona banner

पोखरा, २३ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

कास्ककीको अन्नपूर्ण गाउँपालिका १ की ६३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या प्रदेशमा २० पुगेको हो ।

वीरेन्द्र अस्पताल, छाउनीमा उनको भदौ २१ गते आइतबार उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबारमात्र विज्ञप्तिमार्फत् जनाएको हो । उनमा ब्रेन ट्यूमर तथा मिर्गौला रोग थियो ।

सो अस्पतालमा उपचाररत् ती महिलामा भदौ १९ मा कोरोना पुष्टि भएको थियो ।

यसैबीच, प्रदेशमा मंगलबार थप ११ जना संक्रमित थप भएका छन् । यो सहित संक्रमित संख्या २ हजार ६ सय १२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width