मल पाउन सास्ती

भीमपाणि बराल
भाद्र २२, २०७७
Lekhnath

लेखनाथ । मल पाइने आशामा कृष्णबहादुर नेपाली यसपालि पनि लाइन बसे । भीडभाडबीच घण्टौंसम्म पालो कुरे । र, अन्त्यमा १० केजी मलको पोकोमा चित्त बुझाउँदै बाहिरिए ।

पोखरा–२६ का कृष्णबहादुर आइतबार अर्घौचोकको रसायनिक मल वितरण केन्द्रमा यसरी लाइन बसेका हुन् । उनले भने, ‘जेठोबूढो र पहेंले धानका लागि करिब ५० केजी युरिया मल चाहिन्छ । तैपनि ढिलै भएपनि १० केजीले चित्त बुझाउनु पर्‍यो ।’

कृष्णबहादुरझैं अघिल्लो साता पनि मलको आशामा लाइनमै भेटिएकी थिइन्–पोखरा–२७ की सुशीला कँडेल । यो पटक आइतबार पनि लाइनमै देखिइन् । उनी कोरोना सन्त्रासबीच कुनै परवाह नगरी मल आशले लाइनमा बसेर मात्र १० केजी मल पाइन् । रित्तो हात फर्किनुभन्दा केही सन्तोष मान्दै उनले भनिन्, ‘पहिले पनि लाइन बसेको हो, पाइएन । रित्तै फर्केकी थिएँ । अहिले यही भए पनि पाएँ। जेठोबूढो र पहेंले धानलाई हाल्न मिल्छ तर अब मन्सुलीलाई ढिलो भो ।’
यो वर्ष सरकारले बेलैमा युरिया मल व्यवस्था नगर्दा कृष्णबहादुर र सुशीला जस्तै अन्य किसानहरु पनि मर्कामा छन् । पर्याप्त पानी परेर धानखेत राम्रोे भए पनि मलका कारण उत्पादन घट्ने हो कि भन्ने चिन्ता छ ।

पहिलो पटक गोडमेल गरेपछि मल हाल्नुपर्नेमा केही ढिलोले धानको बोट पहेंलो हुने र पसाउन समेत गार्‍हो हुने भएकाले सरकारी निकायको अपादर्शी कार्यले आमकिसान मर्कामा पारेको अर्घौ कृषि सहकारी सस्थाका अध्यक्ष हरि बस्ताकोटीको गुनासो रहेको छ ।

यता, मल बिक्री वितरण जिम्मा पाएको अर्घौ कृषि सहकारी संस्था लि. मल वितरण केन्द्रका प्रमुख कलाधर पाण्डेले माग अनुसारको आपूर्ति नहुँदा आवश्यकता अनुसार मल दिन नसकिएको बताए ।

सरकारले तोकेको २२ रुपैयाँ प्रतिकेजी दरले आइतबार ४० बोरा मल कोरोनाविरुद्ध सामाजिक दूरी कायम गरी वितरण गरिएको पाण्डले जानकारी दिए ।

युरियामा हुने नाइट्रोजनले धान हरियो बनाउने र हरियो भएपछि बाला पनि राम्रो लाग्ने भएकाले किसानहरु बिहानैदेखि अबेरसम्म यस्तै पसल अगाडि झुम्किएको देशभर पाउन सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • व्यापार मेलामा अनेक सुविधा

    आदर्श समाज सम्वाददाता माघ १४, २०८१
    पोखरा । पोखरा ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटी संकलन गर्छन् र…
  • गाईभैंसीपालक कृषकलाई तालिम

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लि.को आयोजनामा पोखरा–२३ माझथुममा गाईभैंसीपालन तथा आहारा व्यवस्थापन तालिम सम्पन्न भएको छ । एसके एग्रिकल्चर…
  • मौरीपालन तालिम

    आदर्श समाज सम्वाददाता पौष २३, २०८१
    पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालय आयोजनामा मौरीपालन तालिम सुरु भएको छ ।…
  • सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता पौष ७, २०८१
    स्याङ्जा । वालिङ तथा गल्याङ नगरपालिकाको समन्वय, आइडिई नेपालको सशक्तीकरण र पोषण–सूक्ष्म खाद्य सुरक्षाको लागि नबिन ग्रामीण बजार विकास तथा…
  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…

hero news full width