अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो   

रासस
भाद्र १९, २०७७
1598900014357

फाेटाेः एपी

डार्बिन, अस्ट्रेलिया, १९ भदौ । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन्।

क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिए। यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो हो, उनले भने।

तीन वर्षअघि पनि यसै क्षेत्रमा १५.५ फिटको ठूलो गोही फेला परेको थियो ।

अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ ।

पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अस्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ।

Related News

सम्बन्धित समाचार

  • सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । गतवर्ष बकरइदको अवसरमा भएको अन्तर नेपाली समुदाय भलिबल प्रतियोगितामा सहयोगदातालाई अंग्रेजी नयाँ वर्षको अवसर पारेर कास्की आदर्श समाज…
  • पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा । बेलायतको स्कटल्यान्ड राज्यको एबरडीनमा भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ । सोमबार साँझ ब्ल्याक हिल्टन रोडमा…
  • महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने   

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८०
    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको…
  • चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८०
    पोखरा । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन्। सीसीटीभीका अनुसारप्रधानमन्त्रीबाट हटेपछि…
  • टेक्सासमा नेपाली टिमबीच भलिबल

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८०
    टेक्सास । दसैं अवसरमा अमेरिकाको टेक्सासमा आयोजित भलिबल टुर्नामेन्टको उपाधि सजनी भलिबल क्लबले जितेको छ । फाइनलमा गाेर्खा ‘ए’ टिमलाई…

hero news full width