हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला   

रासस
भाद्र १६, २०७७
s960_Richard_Morris_photo

लण्डन, १६ भदाैं । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३० मा दौडिन निस्कनुभएका मोरिस बेपत्ता भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।

ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा उनको शव फेला पारेको बताएको छ। मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन्।

यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो।अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ। जुन तस्वीर नेपालमा खिचिएको थियो।

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए।

परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो। उनका तीन सन्तान र एक श्रीमती छन्।

Related News

सम्बन्धित समाचार

  • सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । गतवर्ष बकरइदको अवसरमा भएको अन्तर नेपाली समुदाय भलिबल प्रतियोगितामा सहयोगदातालाई अंग्रेजी नयाँ वर्षको अवसर पारेर कास्की आदर्श समाज…
  • पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा । बेलायतको स्कटल्यान्ड राज्यको एबरडीनमा भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ । सोमबार साँझ ब्ल्याक हिल्टन रोडमा…
  • महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने   

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८०
    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको…
  • चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८०
    पोखरा । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन्। सीसीटीभीका अनुसारप्रधानमन्त्रीबाट हटेपछि…
  • टेक्सासमा नेपाली टिमबीच भलिबल

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८०
    टेक्सास । दसैं अवसरमा अमेरिकाको टेक्सासमा आयोजित भलिबल टुर्नामेन्टको उपाधि सजनी भलिबल क्लबले जितेको छ । फाइनलमा गाेर्खा ‘ए’ टिमलाई…

hero news full width