बागलुङमा स्वास्थ्यकर्मी र व्यवसायीलाई कोरोना पुष्टि

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७
covid 19 corona banner

बागलुङ, १४ भदौ । बागलुङको तमानखोला गाउँपालिकामा एक जना स्वास्थ्यकर्मी र एक जना स्थानिय महिलालाई आज (आईतबार) कोरोना संक्रमण पुष्टि भएको छ ।

तमानखोला गाउँपालिका–२ का ३० बर्षिय एक जना महिला स्वास्थ्यकर्मी र २३ वर्षीय स्थनीय महिलालाई कोरोना पुष्टि भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । स्थानीयय महिला व्यवसायी रहेको अध्यक्ष मगरले बताए ।

अध्यक्ष मगरले संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा कार्यरत रहेको बताए । व्यवसायी महिला र स्वास्थ्यकर्मी एउटै घरमा बस्ने गरेकोले दुवै जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरुलाई धौलागिरि अस्पताल बागलुङको आइसोलेसनमा भर्ना गरेर उपचार गर्न पठाएको छ । बागलुङ जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २९३ पुगेको छ भने २६० जना उपचार पछि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width