दमौली, १३ भदौ । तनहुँ जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेल धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गरे । ‘दुई पटक मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,’ उनले भने, ‘मल नै हाल्न नपाएपछि खेती सप्रिएला जस्तो लागेन ।’ ५० केजी मल आवश्यक भए पनि बजारमा कति पनि मल नपाइएको उनले बताए ।
‘कृषि सामग्री कम्पनी तनहुँमा फोन गरेर मल आयो भनेर सोध्छु तर मल आएको खबर आउँदैन’, पौडेलले भने । हरेक वर्ष मलको अभाव हुने गरे पनि यस वर्ष भने लकडाउनका कारण कृषक मारमा परेको उनको भनाइ छ । ‘अब चाहिएको बेला नपाइएपछि कृषकहरुलाई खल्लो अनुभव हुँदोरहेछ, मल नै हाल्न नपाएपछि उत्पादन घट्ने निश्चित छ’, उनले भने । सरकारले कृषकलाई कृषि खेतीमा लाग्न प्रोत्साहन गर्ने नीति लिएको बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको किसानको गुनासो छ ।
भिमाद नगरपालिका–९ भाटडाँडाका रुद्रबहादुर क्षेत्रीले धान गोडमेल गरिसके पनि मल अभाव भएको बताए । जताततै मलको खोजीका लागि भाँैतारिए पनि मल पाउन नसकेको क्षेत्रीको गुनासो छ । ‘मलाई सात केजी मात्रै भए पनि पुग्थ्यो तर जिल्लाभर नै मल पाउन सकिएन’, उनले भने ।यसपटक समयमै वर्षा भए पनि चाहिएको बेला मल नपाइएपछि कृषकमा निराशा छाएको छ । कोभिड–१९ को सङ्क्रमण र त्यसपछि गरिएको बन्दाबन्दीले शहर छिरेका व्यक्ति पनि गाउँ आएर कृषि खेतीमा लागेका थिए । समयमै धान खेती सकिएको भए पनि मल नपाइएपछि कृषकहरुले जतिसक्दो मल उपलब्ध गराइदिन माग गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख बलबहादुर पन्थले बर्षेनी मलको अभाव हुँदै आएको भए पनि यसपटक भने कोभिड–१९ का कारण कृषकलाई समयमै मल उपलब्ध गराउन नसकिएको जानकारी दिए । ‘दुई महिनादेखि युरिया मल छैन, मल खरिदको प्रक्रिया शुरु हुने बेला बन्दाबन्दी भयो, समयमा टेन्डर प्रक्रिया हुन सकेन’, उनले भने । उनले प्रक्रिया पु¥याएर मल आइपुग्न अझै बढीमा पाँच महिनासम्म लाग्न सक्ने बताए । लिमिटेडले अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा युरिया ५२० र डिएपी ४८९ मेट्रिक टन बिक्री गरेको जनाएको छ । कम्पनीमार्फत तनहुँ ७८, लमजुङ ३६ र गोरखाका चार सहकारीले मल बिक्री वितरण गर्दै आइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा अनेक सुविधा
गाईभैंसीपालक कृषकलाई तालिम
मौरीपालन तालिम
सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?
‘किसानका समस्यामा अनुसन्धान गरौं’
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१