महिनामा ६ सय भेटिए

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७७
covid 19 corona banner

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । प्रदेशमा एकै दिन बिहीबार ५३ जना संक्रमित थपिएका छन् । चैत दोस्रो साता प्रदेशको बागलुङ जिल्लामा पहिलो पटक संक्रमण पुष्टि भएकोमा ५ महिना अवधिमा २ हजार संक्रमित नाघेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार साँझसम्म संक्रमितको संख्या २ हजार ५ पुगेको हो । मृत्यु हुने ९ जना पुगेका छन् । यस्तै अघिल्लो महिना साउन १३ सम्म गण्डकीमा १ हजार ३ सय ९९ जना संक्रमित थिए । ठिक १ महिनामा करिब ६ जना संक्रमित थप भएका हुन् ।

पछिल्लो समय क्षयरोग उपचार केन्द्र पोखराको परीक्षणमा गैँडाकोट २ का ३ जना पुरुष (वर्ष ४५, ५६ र ६२), २ महिला (वर्ष ५१ र २९), वडा ७ का ४ महिला (वर्ष २५, ५०, ५० र २९) र वर्ष ३ का बालकमा संक्रमण देखिएको छ ।

त्यस्तै, कावासोती–२ का २ पुरुष (वर्ष ४५ र ४८) र ३३ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो । उनीहरु सबै कन्ट्याट टे«सिङ आधारमा पहिचान भएका हुन् ।

उता, गण्डकीभन्दा बाहिर विभिन्न प्रयोगशालाको नमुना परीक्षणमा कोरोना देखिएकाहरुको ढिलो गरी प्राप्त विवरणमा १४ जनामा कोरोना देखिएको छ । जसमा विनय त्रिवेणी–६ का ३ महिला (वर्ष २३, ३० र ७५), कावासोती–१६ का ४० वर्षीय पुरुष, वडा ३ का २ महिला (वर्ष २३ र ६५), वडा १४ की २२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, गैँडाकोट नगरपालिका वडा–१ की ३६ वर्षीया महिला, वडा २ का ४२ वर्षीय पुरुष र ३८ वर्षीया महिला, वडा–१३ का २ पुरुष (वर्ष २४ र ३१), गैँडाकोटकै ४० वर्षीया पुरुष (वडा नखुलेको) र वडा ५ का ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो ।

पोखरा वडा १६ का ७६ वर्षीय वृद्ध (पुरुष) मा पनि कोरोना देखा परेको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा नमुना परीक्षण भएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखराको परीक्षणमा पर्वतका १, बागलुङका ८, लमजुङका ४, तनहूँका ८ जनामा कोरोना देखा परेको छ । तीमध्ये पर्वत जलजला–४ का ३६ वर्षीय पुरुष, बागलुङ वडा १ का २ पुरुष (वर्ष २१ र ३४) छन् । बागलुङका २ पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् । बागलुङ–३ का १ वर्षीया नावालिकासहित वर्ष १९ र २७ की महिला, वडा ८ का २४ वर्षीय पुरुष, वडा १० का २८ वर्षीय पुरुष, वडा ६ का ३१ वर्षीय पुरुष संक्रमित भएका छन् ।

लमजुङको वेसीसहरमा कार्यरत् नेपाली सेनाका वर्ष २२ र ३७ पुरुष छन् । अर्का २६ वर्षीय पुरुष पालिकामा कार्यरत् कर्मचारी हुन् । वेसीसहरकै २४ वर्षीया महिलामा पनि कोभिड–१९ पुष्टि भएको छ ।

तनहँु म्याग्दी वडा–४ मा वर्ष ३४ र ६२ का २ जना पुरुष संक्रमित हुँदा, वडा ६ का ५३ र ५८ वर्षीय पुरुष, वडा ७ का १ वर्षीय नावालकसहित वर्ष ३५ र ३७ का पुरुष र ३१ वर्षीया महिलामा संक्रमण देखियो । भानु नगरपालिका वडा ४ का ५० वर्षीय पुरुषमा संक्रमित बने ।

उता, चिनवन मेडिकल कलेजको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ३ जना पुरुषमा कोरोना देखियो । तीमध्ये मध्यबिन्दु–१० का ४० र ५० वर्षीय पुरुष र गैँडाकोट–५ का ३५ वर्षीय पुरुष छन् ।

गण्डकीमा हालसम्म निको हुनेका संख्या १ हजार ६ सय ७२ (निको हुने दर ८३.३९ प्रतिशत) पुगेको छ । प्रदेशमा कुल मृत्यु हुने ९ पुगेका छन् । तीमध्ये कास्कीका ३, स्याङ्जाका २, बागलुङ, म्याग्दी, गोरखा र तनहुँका १–१ जना छन् । पुरुष ७ र महिला २ जना छन् ।

गण्डकीमा पहिलो पटक बागलुङकी एक युवतीमा चैत दोस्रो साता संक्रमण देखा परेको थियो । उनी राजधानी काठमाडौंबाट काेिभड–१९ पुष्टि हुने पहिलो थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width