आफ्नै खर्चको परीक्षणमा ३ संक्रमित फेला

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
Blood sample tube positive with COVID-19

कावासोती । आफ्नै खर्चले कोरोना भाइरस परीक्षण गराउने क्रममा नवलपुरमा ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

नयाँ ३ जना थपिएसँगै नवलपुरको संक्रमतिको संख्या ४ सय २ पुगेको छ ।

आफ्नै खर्चमा कोभिड १९ परीक्षण गर्न चाहनेहरुले गराएको परीक्षणमा गैंडाकोट–१ का २४ वर्षकी, कावासोती १३ का ६५ वर्षकी र विनयीत्रिवेणी ६ का २३ वर्षकी महिलामा संक्रमण पुष्टि भएको हो।

भरतपुरस्थित मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा नवलपुरका गैंडाकोट, कावासोती र बिनयीत्रिबेणीका एक–एक जना गरी ३ जनामा संक्रमण देखिएको हो।

नवलपुमा यो सहित पछिल्लो २४ घण्टामा ४ जना संक्रमित थप भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरमा अहिले जिल्ला बाहिरका ८ जना सहित संक्रिय संक्रमित ६४ जनाको उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width