लमजुङका १७ सेना सहित गण्डकीमा २३ जना संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
covid 19 corona banner

पोखरा, १० भदौ । लमजुङमा कार्यरत १७ जना सेनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले बताएको छ ।

योसँगै गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा लमजुङकै २० जनामा कोरोना देखिएको हो । लमजुङको बेसीसहर नगरपालिका वडा नं. ७ का ५१ वर्षीय पुरुष र वडा नं. २ का २५ र ३२ वर्षीय पुरुषमा कोरोना देखिएको हो । एकजना संक्रमित पुरुष बैंकका कर्मचारी हुन् ।

त्यस्तै नवलपुुर गैंडाकोट नगरपालिका वडा नं. १ का ४० वर्षीय महिला, कास्कीको मादी गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पुरुष र पोखरा महानगरपाकिला वडा नं. ११ का ४६ वर्षीय पुरुष रहेका छन् ।

कास्की मादी गाउँपालिकका संक्रमित दुबईबाट आएका हुन् भने अन्यलाई कन्ट्रयाक ट्रेसिङको आधारमा पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नौ सय ३६ पुगेको छ । जसमध्ये एक हजार छ सय ४३ जना निको भईसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width