नयाँदिल्ली | भारतका कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ ।
भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।
कुल सङ्क्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांक अनुसार कुल सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ ।
सङ्क्रमित भएकाहरुमध्ये अहिलेसम्म ५४ हजार ८ सय ७९ जनाको मृत्यु भएको छ । तीमध्ये ९८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला सङ्क्रमणमुक्त भएकाहरुको अनुपात भने ७४.३० रहेको छ ।
भारतमा अहिले ६ लाख ९२ हजार २६ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म ३ करोड ३४ लाख जनाको कोरोना परीक्षण गरिएको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१