गोली हानेर पुजारीको हत्या

रासस
भाद्र ४, २०७७
gun

रौतहट, ४ भदौ । यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो ।

पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । मन्दिर परिसरमै पकाइएको खाना तयारी अवस्थामा रहेका बेला पुजारी साहलाई गोली हानी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रविराज खड्कासहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

पुजारी साहको शव परीक्षणकाका लागि राति नै जिल्ला अस्पताल गौर ल्याइएको छ । सो क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • खाजाघरमा यौनधन्दा चलाउने भुजेल पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोडस्थित काभ्रेली खाजाघर सञ्चालक केशव भुजेल पक्राउ परेका छन् । मानव बेचबिखन मुद्दामा…
  • पर्यटकलाई दुख दिने ९ जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई…
  • कल बाइपासको धन्दामा संलग्न २ पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  ‘विदेशबाट आएको कल वा मेसेज आउँदा नेपालको नम्बर देखिएमा निशुल्क नम्बर १८८ मा टिपाई सहयोग गरिदिनुहुन अनुरोध छ…
  • अवैध सामानसहित पोखराबाट एक जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  पोखराबाट अवैध सामानसहित १ जना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक घर भई पोखरा ४ बाग्लुङ…
  • ३ जनाको हत्या गरी आत्महत्या !

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    काठमाडौं । काठमाडौ‌को नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन…

hero news full width