पोखरा, २ भदौ । पोखरामा २४ घण्टा नबित्दै कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र अर्का महिला हुन् ।
दुई दिनदेखि उपचारररत् पोखरा वडा १६ का ८७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।
कोभिड–१९ पुष्टि भएका मधुमेह, मिर्गाैलाका समेत रोगी ती पुरुष गत अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएकोमा उपचारक्रममा मंगलबार बिहान १०ः ४० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जनाए ।
यसअघि, पोखरामा गएराति सेवा अस्पतालमा उपचारक्रममा मृत्यु भएकी तनहुँको व्यास १ की ५० वर्षीया महिलाको मंगलबार कोरोना पुष्टि भएको थियो ।
मृतक दुवैको शव अन्त्येष्टिको तयारी भैरहेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सहित ७ पुगेको छ ।
यसअघि पोखरा १९ का एक युवकको मृृत्यु भएको थियो । पोखरामा भने मृत्यु संख्या २ छ ।
Related News
सम्बन्धित समाचार
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१