पोखरामा थप १ जनामा कोरोना पुष्टि

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७७
covid 19 corona banner

पोखरा, १ भदौ । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोखरा वडा १७ का ३० वर्षीय पुरुष, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली वडा ४ का ३५ वर्षीय पुरुष, स्याङ्जा बालिङ १४ का वर्ष २७ का पुरुष र वडा २ की ९ वर्षीया बालिकामा कोभिड–१९ पुष्टि भएको हो ।

यो सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७ सय ३९ पुगेको छ । तीमध्ये १ हजार ५ सय ४९ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width