नयाँदिल्ली , ३१ साउन । भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । भारतभर आज अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यसै क्रममा आज बिहान ७ः१५ बजे प्रधानमन्त्री नरेन्द्र मोदी भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको सामान्य समारोहलाई सम्बोधन गरे।
आज बिहान भारत लालकिल्लास्थित इन्डिया गेटमा उनी पुग्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए। उनलाई लालकिल्लामा आयोजित एक विशेष समारोहमा भारतीय उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।
त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको झण्डाको झण्डोत्तोलन गरे। उनलाई त्यस क्रममा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । उनलाई सेनाले सम्मानस्वरुप गार्ड अफ अनर दिएपछि डायसमा पुगेर बसेका थिए। त्यस क्रममा भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रस्तुत गरिने सम्मान स्वरुपका विविध कार्यक्रमहरु हेरेका थिए।
भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो।
सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । यस अवसरमा भारतको लालकिल्लामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । यस अवसरमा प्रधानमन्त्री मोदीले गरेकाे सम्बोधनमा भारतले छिमेकी मुलुकहरुसँग सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध राम्रो बनाएको बताए।
स्वतन्त्रता दिवसका अवसरमा आज दिल्लीको लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकका नेताहरुले यस क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति आएसँगै मानवताको हितमा कामहरु हुने पनि बताएका छन्। उनले केही समयदेखि भारतले पश्चिम एशियासँगको सम्बन्धलाई अझ बलियो बनाएको र ती देशसँग भएका ऊर्जा क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताए।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०