पोखरा । नेपालमा गएको २४ घण्टामा ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २४ हजार ९ सय ९७ जना पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार देशका ३८ प्रयोगशालामा भएको परीक्षणमा ५ सय २५ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थप भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको हो ।
महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार धनुषाको मिथिलाका ८५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, अछामको रामारोशनका १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा र मोरङको विराटनगरका ५७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा निधन भएको हो ।
बिहीबार राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता गौतमले मृतकमध्ये ७३ पुरुष र २२ महिला रहेका जानकारी दिए ।
देशभरका क्वारेन्टिनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।
संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा भने संक्रमित शून्य छन् ।
गण्डकीमा ४ संक्रमित थप
गण्डकी प्रदेशमा बिहीबार ४ जना पुरुष संक्रमित थपिएका छन् । तीमध्ये कास्की, लमजुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का गरी १–१ जना छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा पोखरा वडा २६ का ४९ वर्षीय, लमजुङ सुन्दरबजारका ३२ वर्षीय, पर्वत पैयूँ वडा ७ का २० वर्षीय र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २५ वर्षीय पुरुषमा कोभिड–१९ संक्रमण देखिएको जनाएको हो ।
निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ सय ६० पुगेको छ । मृत्यु हुनेको संख्या ५ रहेको छ ।
प्रदेशमा ३१ हजार ४ सय ७६ जनाको स्वाब संकलन गरिएकोमा २९ हजार ८ सय १६ मा संक्रमण देखिएको थिएन । संंक्रमित १ हजार १ सय ६० मध्ये १ हजार ४ सय ९३ निको भइ घर फर्केका छन् ।
Related News
सम्बन्धित समाचार
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१