व्रिटिश गोरखा नेपाल भूतपूर्व सैनिक युकेले भूपू मेजर दिपकबहादुर गुरुङ एम।भी।ओ। को असामयिक निधनप्रति श्रद्धान्जली ब्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ।
नेपाल भूपू सैनिक संघका पूर्व केन्द्रीय अध्यक्ष रहेका स्वर्गीय गुरुङको गत जुलाईमा काठमाण्डौको नर्भिक अस्पतालमा निधन भएको थियो।
बिजीनेशा युकेका सभापति केशवहादुर गुरुङको सभापतित्वमा सम्पन्न शोक सभामा उपाध्यक्ष दिल जी सी, कोषाध्यक्ष डम्बर गुरुङ, भोजप्रसाद गुरुङ, खुमबहादुर गुरुङ, दुर्गा राणा, एनआरएन आइसीसी सदस्य तथा आरजीएनएस उपाध्यक्ष लीलादेवी गुरूंङ्गले सम्बोधन गरेका थिए । सभाको संचालन सचिव हरिकुमार मल्लले गरेका थिए ।
साउथ इस्ट लण्डनको प्लमस्टेडस्थित जिगेसो हलमा सम्पन्न कार्यक्रममा गुरुङको योगदानको स्मरणसहित श्रदान्जली अर्पणका साथै १ मिनट मौन धारण समेत गरिएको थियो।
कार्यक्रममा बिजीनेशाका महासचिव तर्क जङ गुरुङका पिता भूपू राष्टिय पञ्चायत सदस्य नन्दजङ गुरुङको अल्डरसटस्थित केयर होममा भएको असामयिक निधनमा शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै तस्वीरमा माल्यरपण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
उनी २०२१ सालमा लमजुङ जिल्लाबट राष्टि«य पञ्चायत सदस्य थिए ।
२००९ सालदेखि वेलायत बसोवास गदै॔ आएका उनले नन्द जङ गुरुङ आत्मकथा नामक पुस्तकसमेत लेखेका थिए । कुशल अभिभावक, प्रेरणाको श्रोत, कुशल राजनीतिज्ञ, समाजसेवी, तमु पे तँ लु तँ ज्ञान दाता पण्डित रहेका थिए ।
सोही समारोहमा बिजीनेशाका कोषाधयक्ष डम्बर बहादुर गुरुङको ममतामयी सासुआमा अईराती गुरुङको निधनमा समवेदना प्रकट गर्दै हार्दिक श्रदान्जली अर्पण गरिएको थियो। सभाका सभापति एबम बिजिनेशा सभापति केश बहादुर गुरूंङ्गले तिनै जनाको छोटो जीवनी प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
इङ्ल्यान्ड र स्पेन युरो कप उपाधिका लागि भिड्ने
कास्की आदर्श समाज युएईकाे स्मारिका विमोचन
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित ९ जनाको मृत्यु भएको पुष्टि
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१