रामपुर, १२ साउन । पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बताए । लामो समयसम्म विदेशमा काम गरेका बस्याल अहिले भने गाउँ फर्केर तरकारी खेतीमा रमाएका छन् । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लगेका छन् ।
‘पहिला गाउँमा कमाउने उपाय देखिएन, विदेशिनुपर्ने रहरभन्दा नि बाध्यता थियो, अहिले गाउँमै कृषि कार्यमा जाँगर बढेको छ’, उनले भने । विदेशबाट फर्केका यहाँका तीन युवा मिलेर २० रोपनी जग्गा भाडामा लिई तरकारी खेती गरेका छन् ।
समूहमा तरकारी खेती गर्दा विदेशमा पाएको दुःख भुल्दै गएको दीपकप्रसाद बस्याल बताउनुहुन्छ । करीब दश वर्ष सम्मको समय उहाँले कतारमा बताए । होटल क्षेत्रमा काम गर्ने बस्याल अहिले गाउँका जग्गामा परिवारका साथ काम गर्न पाउँदा खुशी हुनुहुन्छ ।
युवाले तीन वर्षअघि रु दुई÷दुई लाख रकम उठाएर तरकारी खेती शुरु गरेको बताएका छन् । अहिले वर्षमा करीब रु पाँच÷छ लाख बराबरको आम्दानी हुने गरेको भीमप्रसाद बस्यालले बताए । वार्षिक रु १५ लाख बराबरको कमाई गर्ने लक्ष्य रहे पनि शुरुआती चरणमा पनि तरकारी खेतीबाट राम्रै आम्दानी भएको उनले बताए । यहाँ उत्पादन भएको तरकारी पाल्पा सदरमुकाम तानसेन, बुटवल बजारमा खपत भइरहेको छ । विदेशबाट गाउँ फर्केका धेरैजसो युवाले कृषि व्यवसायमा आबद्ध रहेको बगनासकाली कृषि शाखाप्रमुख राजेश बोहरा बताए । गाउँपालिकाले व्यवसायमा लागेका युवालाई प्रोत्साहनस्वरुप अनुदानका कार्यक्रम चलाएको छ ।
यस्तै, रामपुर नगरपालिका–४ देवीस्थानमा दिलबहादुर थापा र लालबहादुर थापाले पनि समूहमा तरकारी खेती गरेका छन् । उनीहरु पनि विदेशबाट फर्केलगत्तै यस व्यवसायमा लागेका छन् । तीन वर्षअघि करीब ११ रोपनी जग्गा वार्षिक रु ४० हजार बुझाउने गरी भाडामा लिएर बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । तरकारी बिक्रीबाट एक वर्षमा रु पाँच लाख आम्दानी लिनुहुन्छ ।
आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गरेपछि उत्पादन राम्रो हुँदै गएको दिलबहादुर थापाले बताए । करीब ११ वर्षको समय बहराइनमा रहँदा थापाले उच्च प्रविधिको तरकारी (हाइटेक) टनेलमा काम गर्दथे । त्यहाँको अनुभवले गाउँकै जग्गामा नयाँ सोच र प्रविधिको प्रयोग गरी तरकारी खेती शुरु गरेका हुन् ।
थापाको तरकारी व्यवसाय अहिले अवलोकनयोग्य बनेको छ । बहराइनमै करीब आठ वर्ष बिताएका लालबहादुर थापा पनि गाउँकै जमीनमा पसिना बगाउन पाउँदा आनन्द लाग्ने गरेको बताउँछन् । कृषकलाई नयाँ प्रविधि दिन सकियो भने उत्पादन राम्रो लिन सक्ने हुँदा प्रविधि सिकाउन स्थानीय सरकारले जोड दिनुपर्ने कृषकको माग छ ।
रामपुर नगरपालिका क्षेत्रमा करीब पछिल्लो समय कृषि व्यवसायमा युवाको आकर्षण बढ्दै गएपछि युवा स्वरोजगार अनुदानका कार्यक्रममार्फत हौसला बढाउन व्यवसायमा लगानी गरिदिएको कृषि शाखाप्रमुख रामहरि पाण्डेयले बताएका छन् । वैदेशिक रोजगारीमा निकै सङ्घर्ष गरेका धेरैजसो युवा कृषिमा आबद्ध रहेको पाइएको छ । विदेशबाट फर्किसकेपछि युवाले समूह तथा व्यक्तिगत तवरले मिहेनतका साथ कृषिमा लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् । ज्ञान केन्द्रले तोकेको कार्यविधिअनुसार काम गर्ने कृषकलाई व्यवसायमा सहयोग गर्ने उनले बताए । रासस
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा अनेक सुविधा
गाईभैंसीपालक कृषकलाई तालिम
मौरीपालन तालिम
सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?
‘किसानका समस्यामा अनुसन्धान गरौं’
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१