जुम्ला, १२ साउन । जुम्लाजिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भने, ‘प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो । अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन म आग्रह गर्दछु ।’ प्रतिष्ठानले हालसम्म करिव २० जनाको पिसिआर परीक्षण गरिसकेको छ ।
आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितको संख्या शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले बताऐ । ‘शुरु शुरुमा कोभिड कम भए पनि बिचमा बढ्यो । डर घट्यो । जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले नतिजा सबैका नेगेटिभ आएको छ । तर परीक्षण दायरा बढाउँदा अझै भेटिन सक्ने भन्दै सबै अझै सजग हुनुपर्छ ।’ उनले भने ।
प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि प्रतिष्ठानले कोरोना परीक्षण गरेको जानकारी दिए । उनले भने, ‘पिसीआर उपकरण स्थापना गरी सञ्चालन, कोरोना जाँच र स्वाँव सङ्कलनमा उच्च प्राथमिता दिएका कारण यो सफलता हात परेको हो ।’ प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायले गरेको सहयोग अतुलनीय रहेको बताए । उनले हुम्ला, मुगु, दैलेख, कालीकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक, स्वास्थ्यकर्मी, परिचालन भएको जानकारी दिए ।
सङ्क्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आइतबार सम्मान गरिएको थियो । जिल्लामा सबै उपलब्ध नहुने भएकाले साङ्केतिक रुपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । रासस
Related News
सम्बन्धित समाचार
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१