पोखरा, ९ साउन | गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो समय प्रदेशमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३ सय ६० पुगेको हो ।
नयाँ संक्रमितमध्ये कास्कीमा ५ जना थपिएका छन् । पोखरा महानगरपालिकामा वर्ष २३, ३५ र ४० का गरी ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वर्ष ५२ की महिला र वर्ष ५५ का पुरुषमा कोभिड–१९ संक्रमण देखिएको छ । उता, तनहुँको शुक्लागण्डकी नगरपालिकाका वर्ष ४८ का पुरुष, बागलुङ तमानखोलाका २७ वर्षीय पुरुष संक्रमित छन् ।
लमजुङमा थप ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाको क्लोहोसोथारका वर्ष २९, बेशीसहरका वर्ष २३ र मध्यनेपाल नगरपालिकाका वर्ष २५ का पुरुषको पीसीआर परीक्षण पोजेटिभ देखिएको हो नयाँ संक्रमित देखिएकाहरुको नमुना पोखरास्थित परीक्षण क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण भएको हो ।
Related News
सम्बन्धित समाचार
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१