गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७७
koooot

गोरखा, ८ साउन । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ ।

सानाठूला २५ भन्दा बढी स्थानमा गएको पहिरो गएराति अबेरसम्म हटाउने काम सकिएपछि आज बिहानैदेखि सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

सडकमा खसेका पहिरो बुधबार दिनभर मेसिन लगाएर हटाइएको उनले बताए । उनले भने “साना–ठूला गरेर २०र२५ पहिरो सडकमा खसेका थिए, खैरेनीतर्फबाट एक्साभेटर र गोरखातर्फबाट डोजरको सहायताले दिनभर लगाएर सडक पन्छाइएको हो । अन्य ठाउँको पहिरो सबै क्लियर भयो, एघारकिलोको हकमा अस्थायीरूपमा ह्युमपाइप राखेर भएपनि सडक सञ्चालन गरिएको छ । उक्त सडकखण्डको सातकिलो र आठकिलो भन्ने स्थानमा दुई ठूला पहिरो खसेका थिए । जसले गर्दा जिल्ला प्रवेश गर्ने मुख्य सडकमार्ग नै दुई दिनदेखि अवरुद्ध थियो ।

त्यस्तै वडा नं ११ को एघारकिलो क्षेत्रमा पनि सडक माथिबाट आएको बाढीले कल्भर्टबाट निकास नपाएपछि पक्की सडक नै बगाएको थियो भने स्यालीबजारको मुखैमा चार मिटर पक्की सडक वर्षाका कारण भासिएको थियो । प्रमुख ढकालले भने “ती स्थानमा भने अस्थायीरूपमा मात्र तत्कालका लागि सवारी पास हुने बाटो बनाएर यातायात खुलाइएको छ ।”

जिल्ला प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि एम्बुलेन्स सञ्चालन हुन नसक्दा पछिल्ला दुई दिनमा तीन बिरामीको हेलिकोप्टर चार्टर्ड गरेर उपचारका लागि लैजानुपरेको थियो । सडक सञ्चालन भएपछि बिहानैदेखि सबै प्रकारका सवारी साधन गोरखाबाट बाहिरिने र भित्रने क्रम शुरु भएको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…
  • एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच…
  • सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य

    आदर्श समाज सम्वाददाता फागुन ६, २०७९
    पोखरा। सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा धर्मराज आचार्य निर्वाचित भएका छन् । समितिको २९ औं साधारण सभा तथा १४…
  • मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग

    आदर्श समाज सम्वाददाता माघ २८, २०७९
    पोखरा । युनाइटेड क्लबले मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । हेमजामा भएको महायज्ञमा क्लब अध्यक्ष राजु…

hero news full width