राम बजार तायाः मचाः नाचको नास् धोः पूजा

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
PHS (1)

पोखरा, ७ साउन । राम बजार तायाः मचाः नाच समिति रामबजारले नेवारी परम्पराअनुसार घण्टाकर्ण चतुर्दशीका दिन नास् धोः पूजा सम्पन्न भएको छ ।

नास् धोः पूजा कार्यक्रममा वडा अध्यक्ष राजकुमार गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न पूजा कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले खिन बजाएर उद्घाटन गरेको कार्यक्रममा नेवारी परम्परा अनुसार बाद्यबाधक कलाकारहरुले द्योल्याः गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले राम बजार क्षेत्रमा स्थापित यस नेवारी समुदायको नाच भएतापनि यो नेवारी नाच नेपालीको हो भन्ने भाबना जागरण गराउदै लोप हुदै गईरहेको कला संस्कृतिको संरक्षण गर्न पहल गरि कार्य गरेकोमा यस्ता कार्यक्रमको संरक्षण गर्ने हामी सबैको जिम्बेबारी रहने बताए ।

कोरोना भाईरसको कारणले सामाजिक दुरि कायम गर्दै कार्य समितिका सदस्य , मिसाः पुचः गुरू र कलाकारहरू गरि करिब ४० जनाको उपस्थितिमा कालिका मन्दिर रामबजारको प्राङ्गणमा रहेको नासा धोः ( भगवानको पनि नृत्य गुरू) नाटेश्वर भगवानको समितिका गुरू सरन ताम्राकारले बिधिबत पूजा गरिएको थियो ।

कार्यक्रममा कोरोना भाईरसको संक्रमण लक डाउनलाई मध्यनजर राख्दै गुरू, बाद्यबाधक कलाकार र मिसाः पुचः र समितिका सदस्यहरु मात्र सहभागी गराई यही २०७७ श्रावण २० गते बिहान ८ बजे निकालिने तायाः मचाः नाचमा यस वर्ष नाच ननिकाली परम्परा बचाउन र पित्रीहरूको स्वर्गबासको कामना गर्दै नाच निकालिने भएको जानकारी समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठ बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width