एकैदिन पोखरामा ८ सहित गण्डकीमा १२ संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७७
covid 19 corona banner

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३१७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणबाट थप १२ जनामो कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षण गरिएकोमा तनहुँका २ र स्याङ्जाका १ जनामा कोरोना देखिएको हो । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिउको परीक्षणमा लमजुङ १ र कास्कीका ८ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितहरुमध्ये कास्कीको दुई महिलाबाहेक सबै पुरुष छन् । संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जानकारी दिएको छ ।

हालसम्म गण्डकी प्रदेशमा १८२४ जना क्वारेन्टिनमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width