पोखरा । गण्डकी प्रदेशमा गत वर्ष खासै धान उत्पादन हुन सकेन । तर संयोग नै भन्नुपर्छ यो वर्ष मनसुन राम्रो भयो । मनसुनमात्र नभई लकडाउनले अन्य गतिविधि ठप्प भएपछि धेरैको ध्यान कृषिमा पर्यो। अघिल्ला वर्ष बाँझै रहेका खेतबारी यो वर्ष सिँचिने मौका पाए ।
गण्डकी प्रदेशमा असारभित्र ७१ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । मनसुन र लकडाउनकै कारण अघिल्लो वर्षको तुलनामा भन्दा यो वर्ष धान रोपाइँमा वृद्धि भएको कृषि विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष गण्डकीमा ५३ प्रतिशतमात्र रोपाइँ भएकामेमा यस वर्ष धान रोपाइँमा १४ प्रतिशतले वृद्धि भएको हो ।
निर्देशनालयको अनुसार आव २०७५/७६ मा गण्डकीमा १ लाख १९ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो भने आव २०७६/२०७७ मा भने कुल १ लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ ।
समयमै वर्षा हुनाले असारभित्र कुल ८७ हजार २ सय ४ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको निर्देशनालयका प्रमुख भानुभक्त भट्टराईले बताए । उनले भने, ‘अब साउन महिनामा पनि राम्रोसँग पानी पर्यो भने उत्पादनमा पनि राम्रो हुनेछ ।’
कोरोनाका कारण अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि थोरबहुत प्रभाव पर्यो नै । समयमा विकास निर्माणका कामहरु सम्पन्न हुन नसक्दा करिब ३० करोड बजेट फ्रिज भएर बसेको उनले गुनासो गरे । भट्टराईका अनुसार अघिल्लो आवमा संघीय सरकार र प्रदेशको संयुक्त आयोजनामा १ अर्ब ४० करोड १० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको थियो । तर विहीबारदेखि सुरु भएको चालु आर्थिक वर्ष २०७७/०७८ को लागि प्रदेश सरकारले कृषिक्षेत्रको लागि १ अर्ब ११ करोड ५८ लाख रुपैँया छुट्टाएको छ । जसमध्ये स्याङ्जा सबैभन्दा बढी बजेट विनियोजन भएको जिल्ला हो ।
यस्तै लकडाउन र राम्रो मौसमका कारण यसवर्ष धेरै खेती लगाइएको कृषि अर्थविज्ञ इन्द्रमणि लामिछानेले बताए । ‘मौसम र लकडाउनका कारण यो वर्ष किसानहरु निकै उत्साहित छन्, उनले भने, ‘रोपाइँ त भयो, अब खेती राम्रो हुनका लागि साउन र भदौ महिनामा पनि मौसम राम्रो हुनुपर्छ ।’
निर्देशनालयले दिएको तथ्याङ्ग अनुसार गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ्ग जिल्ला बाहेक सम्पूर्ण जिल्लामा रोपाइँ भएको छ । जसमध्ये सबैभन्दा बढी नवलपुरमा १७ प्रतिशत र सबैभन्दा कम स्याङ्जामा ३५ प्रतिशत रोपाइँ भयो ।
उता, पर्वतमा ५०, बाग्लुङमा ७०, कास्कीमा ५५, तनहँुमा ९५, गोरखामा ६६.६७, लमजुङमा ९३.३३ र म्याग्दीमा ८५.४१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
Related News
सम्बन्धित समाचार
कंक्रिट संरचनाले घट्दैछ धानखेत
चितवन महानगरद्वारा अनुदानमा कृषि उपकरण वितरण
दुध उत्पादन गरे हाताहाति अनुदान : २ करोड विनियोजन, १ करोड मात्रै खर्च
पशुपंक्षीको क्रूरतापूर्वक ढुवानी रोक्नुपर्नेमा जोड
तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१