सिन्धुपाल्चोक, १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन् । बेपत्ता भएका चौरासी वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा स्थानीयवासी ग्याल्जेन शेर्पाका श्रीमती र छोरी हुन् । उनकी आमा, बहिनी र छोरी बेपत्ता भएका हुन् । ग्याल्जेन भने काठमाडाँैमा बस्दै आएकाले बाँच्न सफल भएको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए ।
पहिराले एक घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ । आज बिहान पानी परिरहेको र ठाउँठाउँका बाटो बिग्रेकाले स्थानीय नारायणस्थानमा रहेको प्रहरीचौकीबाट घटनास्थलमा तीन घण्टा पैदल यात्रापछि प्रहरी पुगेको थियो । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको बजेट पारित
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१