नारायणगढ-मुग्लिन सडक थप धसियो

रासस
असार ३०, २०७७
unnamed

चितवन, ३० असार । नारायणगढ-मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो । उनले सोमबार बिहान यसअघि धसिएको ठाउँमा थप धसिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको जानकारी दिए । धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएको उनले जानकारी दिए ।

सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएको थियो । अधिकारीका अनुसार १७ किलोमा तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसै ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।

सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटर लामो भाग धसिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।

अधिकारीले धसिएको ठाउँ बढ्दै गएमा थप जोखिम हुने बताए । भित्तापट्टि अग्लो पहाड भएकाले विस्तार गर्न कठिन छ । अविरल वर्षा भइरहेकाले सो सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारी नै रहेको उनले जानकारी दिए । यो सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो ।

Related News

सम्बन्धित समाचार

  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…
  • एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच…
  • सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य

    आदर्श समाज सम्वाददाता फागुन ६, २०७९
    पोखरा। सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा धर्मराज आचार्य निर्वाचित भएका छन् । समितिको २९ औं साधारण सभा तथा १४…
  • मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग

    आदर्श समाज सम्वाददाता माघ २८, २०७९
    पोखरा । युनाइटेड क्लबले मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । हेमजामा भएको महायज्ञमा क्लब अध्यक्ष राजु…

hero news full width