गैंडाकोटको थुम्सीमा डाइभर्सन बगायो, राजमार्ग अवरुद्ध

आदर्श समाज सम्वाददाता
असार २७, २०७७
bato

नवलपुर, २७ असार । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकास्थित थुम्सीमा बाढीले डाईभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ  ।

लगातारको वर्षाले राजमार्गमा बनाइएको अस्थायी डाइभर्सनसमेत बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माण थालेको बुटवल–नारायणघाट सडकको दाउन्ने–गैंडाकोट खण्डमा सडक निर्माणका क्रममा कलभर्ट बनाउन डाइभर्सन बनाइएको थियो .

बाढीले डाइभर्सन बगाएपछि राजमार्गमा यातायात बिहानदेखि ठप्प भएको छ  । ठेकेदार नआइपुगेका कारणआवागमन खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी इन्स्पेक्टर चन्द्रबहादुर थापाले बताए  ।

बाटो अवरुद्ध भएपछि विरामी ओसार्न तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । पश्चिमबाट एम्बुलेन्समा आएका विरामीलाई बोकेर खोला पार गरी अर्को एम्बुलेन्समा लैजान भन्दै तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रहरी इन्स्पेक्टर थापाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width