बागलुङमा ७ जना संक्रमित निको भए

आदर्श समाज सम्वाददाता
असार २४, २०७७
dhawalagiri-hospital-1_m9Bfx5PTBB

बागलुङ, २४ असार । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा रहेका ७ जना युवाहरु बुधवार डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस संक्रमण भएर दुइ साताअघि अस्पताल भर्नाभएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइन पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिका वडा नं. ४ का २९ र २६ वर्षका युवा, वडा नं. ६ का २३ र २० वर्षका युवा र ७ का ५० र २६ वर्षका व्यक्ति रहेका छन् । डिस्चार्ज हुनेमध्ये ४ जना क्वारेन्टाइनमा बसेका हुन् भने ३ जना क्वारेन्टाइन बाहिरै संक्रमणमा परेको काठेखोला गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए ।

क्वारेन्टाइन भन्दा बाहिर संक्रमण भएका कोहीपनि बाँकी छैनन् । काठेखोला ५ को अमरमावि क्वारेन्टाइनमा काम गर्ने मानिसमा पनि संक्रमण देखिएपछि स्थानीयमा त्रास फैलिएको थियो । उनीहरु निको भएको र कन्ट्रयाक ट्रेसिङमा परेकाहरुमा संक्रमण नदेखिएको बताइएको छ ।

बागलुङ जिल्लामा सरकारले लकडाउन खुकुलो भने पछि स्थानीय प्रशासनले वास्ता नगर्दा बजार छरपस्ट रूपमा खुलेका छन् भने मास्क लगायतका स्वास्थ सतर्कता नअपनाएपछि कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width