जङ्गली च्याउँ खाँदा १४ बिरामी

रासस
असार १२, २०७७
images

तुलसीपुर, १२ असार । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन् ।

प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवा निवासी ३५ वर्षीया विमला विक, उनकी ११ वर्षीया छोरी र १० वर्षीय छोरा, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं ३ निवासी १७ वर्षीया, तुलसीपुर ५ निवासी ३६ वर्षीय टेकबहादुर पुन, ३३ वर्षीय कमला पुन र उनका १९ वर्षीय छोरा टोपेन्द्र बिरामी परेका छन् ।

त्यस्तै तुलसीपुर ५ निवासी चीनबहादुर रानाका नौ वर्षीया छोरी र पाँच वर्षीय छोरा, ओसो घर्ती मगरकी १८ वर्षीया छोरी निर्मला, २४ वर्षीय खिमा पुन, १५ वर्षीया एक बालिका, ३५ वर्षीया विपना घर्ती र कमानसिंह पुनकी १० वर्षीया छोरी बिरामी परेका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यसैबीच दाङमा एक चित्तल मृत फेला परेको छ । लमही नगरपालिका वडा नं ७ हसनापुरमा विहीबार राति ११ बजे नवशान्ति सामुदायिक वनमा उक्त चित्तल मृत फेला परेको डिभिजन वन कार्यालय दाङ, देउखुरीका प्रमुख प्रवीण बिंडारीले बताए । वनको टोली गस्ती गएका बेला मुख र कानमा चोट लागेका अवस्थामा करीब ४५ किलोको गर्भावस्थाको चित्तल मृतावस्थामा फेला परेको उनले बताए । मृत चित्तल परीक्षणका लागि रिहार पशु केन्द्रमा लगिएको छ ।

Related News

सम्बन्धित समाचार

  • बस दुर्घटनामा ४ जनाको मृत्यु

    रासस असाेज ३०, २०८१
    डडेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी…
  • माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

    रासस असाेज २८, २०८१
    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा…
  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • हायस दुर्घटना हुँदा ११ घाइते

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । काठमाडौंबाट पाेखरा जाँदै गरेको हायस शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ । ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ…

hero news full width

trending post

ट्रेन्डिङ्ग