पूर्वी नवलपरासीमा संक्रमित २ सय १० पुग्यो

रामकुमार श्रेष्ठ
असार १२, २०७७
Blood sample tube positive with COVID-19

नवलपरासी, १२ असार । पूर्वी नवलपरासीमा कोभिड १९ को संक्रमितको संख्या २ सय १० जना पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार विहीबार राति पुष्टि भएका कावासोती नगरपालिकाको १४ जना, गैडाकोट नगरपालिकाको ७ जना थपिएसँगै नवलपुरमा संक्रमितको संख्या २ सय १० जना पुगेको हो ।

कावासोती नगरपालिकाले संकलन गरेर पठाएको ६६ जनाको स्वाबको पिसिआर रिपोर्ट मध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पनि शुक्रबार विहान विज्ञप्ति जारी गर्दै नवलपुरमा २१ जना थपिएको पुष्टि गरेको छ ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार कावासोती नगरपालिकाको २ महिला र १२ जना पुरुष गरी १४ जनामा कोरोना भाइरस पुष्टि भएको हो । कावासोती नगरपालिकाकी ३७ र २५ बर्षीया दुई महिला, २४, २४, ३०, ३५, २२, १८, २९, ५८र १८ वर्षीय १२ जना पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाकारी दिएको छ । यो सहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।

त्यसैगरी पूर्वीे नवलपरासीको गैडाकोट नगरपालिकामा विहीबार राति ७ जना नयाँ संक्रमित थपिएका छन् । गैडाकोट नगरपालिकाको १८ जनाको संकलित स्वाबको पिसिआर परीक्षण गर्दा विहीबार ७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

गैडाकोट नगरपालिकाका ५३, ३४, २३, २५, ५२, ५२ र २५ वर्षीय गरी ७ जना पुरुषमा संक्रमण देखिएको हो । यो सहित गैडाकोट नगरपालिकामा संक्रमितको संख्या १८ पुगेको छ । त्यसैगरी बिहीबार दिउँसो विनयी त्रिवेणीमा १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको थियो । पूर्वी नवलपरासीमा अहिलेसम्म गैडाकोट नगरपालिकामा १८, कावासोती नगरपालिकामा ३०, देवचुली नगरपालिकामा ९, मध्यविन्दु नगरपालिकामा ४२ जना संक्रमित पुगेका छन् ।त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा १८, हुप्सेकोट गाउँपालिकामा ३२, बुलिङटार गाउँपालिकामा २७ र बौदीकाली गाउँपालिकामा ३४ जना संक्रमित पुगेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width