पोखरा, ९ असार । बागलुङबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार डिस्चार्ज गरिएको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरीन्टेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए ।
बागलुङ अस्पतालको आइसोलेसन तथा कोरोना लक्षित गरी हालै धौलागिरि क्याम्पसमा निर्मित आइसोलेसन बार्डमा उपचार गराइरहेका ६८ जना कोरोना संक्रमितमध्ये ११ जनाको डिस्चार्ज गरिएको हो । उनीहरु सबै पुरुष हुन् ।जसमा गल्कोट नगरपालिकाका वर्ष २३ का १ जना, निसीखोला गाउँपालिका, वर्ष २९ र २२ का २ जना, ताराखोला गाउँपालिका, वर्ष ३९ का १ जना, बडीगाड गाउँपालिका, वर्ष २५, २५, ३९, ३२ र २२ का ५ जना, बरेंङ गाउँपालिका, वर्ष १८ र २३ का २ जना गरि ११ जना पुरुषहरु हुन् ।
डा. पोखरेलले भने, ‘डिस्चार्ज हुनेहरुको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएकोले आज डिस्चार्ज गरिएको हो । उनीहरुलाई कम्तीमा ७ दिन घरमा गएर पनि क्वारेन्टाइन बस्न भनिएको छ ।’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेनमा वा क्वारेन्टाइनमा रहेका बिरामीमा समेत कोरोनाको कुनै लक्षण नदेखिए डिस्चार्ज गर्न सकिने निर्देशिका जारी गरे पनि गण्डकीले हरेक बिरामीको पीसीआरपछि मात्र डिस्चार्ज गर्ने गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जारी गरेको निर्देशिकाअनुसार नै २० जेठमा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि देशभरका कोरोना अस्पतालहरूलाई सो निर्देशन दिएको थियो। तर, सञ्चालन केन्द्रले २२ जेठमा अर्को निर्देशिका जारी गर्दै आरडीटी परीक्षण परीक्षणमा पोजिटिभ देखिएकालाई मात्र १४ दिन क्वारेन्टाइनमा बसेपछि परीक्षणबिना नै घर पठाउन भनिएको छ । अस्पतालमा उपचाररत नभई क्वारेन्टाइनमा बसेकालाई मात्रै पठाउने गरी निर्देशिका सच्याइएको छ ।
यस सम्बन्धमा धौलागिरी अस्पतालका प्रमुख मेडिकल सूपरीन्टेन्डेन्ट डा. पोखरेलले भने, ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार मन्त्रालयले त्यसो भने पनि गण्डकी सरकारले पीसीआर गरेर पठाउने भनेपछि हामीहरुले पीसीआर गरेरमात्रै पठाउने गरेका छौं । यसो हुँदा बिरामीलाई पनि ढुक्क हुने र समुदायमा पनि सम्भावित त्रास हुँदैन ।’ उनले पीसीआर चेक गर्ने वा नगर्ने भन्नेबारे समेत दुविधा रहेको पनि दाबी गरे ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले पीसीआर पुनः गर्दा संक्रमितको समेत मनोबल बढ्ने र उनीहरु समुदायमा जाँदा जनतामा सुरक्षाको प्रत्याभूति हुने भएकोले पीसीआर नेगेटिभपछि मात्र डिस्चार्ज गर्ने गरिएको हो ।उनले भने, ‘हामीहरुले अहिलेको अवस्थामा बिरामीलाई व्यवस्थापन गर्न सकिरहेका छौं । भोलिको दिनमा चाप बढी भयो भने लक्षण नदेखिए घर पठाउन पनि सकिन्छ ।’ गण्डकी प्रदेशमा हालसम्म ५५ जना कोरोना संक्रमित निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । यस्तै ४ सय ६४ जना आइसोलेन बार्डमा छन् । बागलुङमा मात्रै हालसम्म २३ जना डिस्चार्ज भएका छन् । त्यहाँ अझै ५७ जनाको उपचार भइरहेकोमा मंगलबार ८ जना थपिँदैछन् ।
Related News
सम्बन्धित समाचार
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
hero news full width
मुख्य समाचार
रविलाई फेरि अदालत उपस्थित गराइँदै
को होला मिस पोखरा ?
कार्तिक ७, २०८१जेठोबुढो जोगाउँदै पोखरा महानगर
कार्तिक ७, २०८१नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा
कार्तिक ७, २०८१विदेश छोडेर कागती खेती
कार्तिक ७, २०८१नेपाल समाजवादी पार्टीको महाधिवेशन आगामी माघमा काठमाडौंमा हुने
कार्तिक ६, २०८१