पोखरा, ८ असार । नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७ का लागि छनौट समिति गठन गरिएको छ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कारका लागि योग्य प्रतिभा छनौट गर्न नेपाल मगर पत्रकार संघका केन्द्रीय का.वा. अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा ६ सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको हो ।
संघ, कास्की शाखाको आइतबार बसेको बैठकले प्रतिभा छनौट समितिका सदस्यहरूमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर र कार्यसमिति सदस्य मीना थापामगरलाई चयन गरेको संघ, कास्की शाखाका सह-सचिव सुरज थापामगरले जानकारी दिए ।
विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण विषम परिस्थिति भएपनि पुरस्कारलाई निरन्तरता दिन लागिएको समितिका अध्यक्ष आलेमगरले उल्लेख गरे । यसअघि, समिति स्थापना भएको महिना जेठ महिनामा प्रदान गरिँदै आएकोमा लकडाउनका कारण आगामी साउन १ गते सो पुरस्कार प्रदान गरिने उनले बताए ।
यस पुरस्कारबाट यसअघि, नवलपुरकी कमला रानामगर र कास्कीका तिलकप्रसाद पुनमगर पुरस्कृत भइसकेका छन् । पत्रकारितामार्फत् गण्डकी प्रदेशकै मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको प्रवद्र्धनमा योगदान पु¥याउने एक जना मगर पत्रकारलाई यस पुरस्कारबाट पुरस्कृत गरिँदै आएको छ । पाँच हजार रुपैयाँ राशिबाट सुरु भएको सो पुरस्कारको राशि हाल १० हजार रुपैयाँ नगद रहेको छ ।
Related News
सम्बन्धित समाचार
श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु
श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा
पोखरामा बोलबम सुरु, धार्मिक पर्यटनमा टेवा
पोखरामा तायाःमचा प्रतियोगिताको तयारी
केदारेश्वर सेवाश्रममा फेरि चिद्घन चैतन्य
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१