गण्डकीमा थपिए १९ नयाँ संक्रमित, पुगे ५२३

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
corona_1

पोखरा, ७ असार । पोखरामा थप १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा भएको ल्याब परीक्षणमा पोखराका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै गण्डकीमा थप १९ जना नयाँ संक्रमित फेला परेका छन् । योसहित प्रदेशका ११ जिल्लामा कुल संक्रमित संख्या ५ सय २३ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार दिउँसो विज्ञप्ति प्रकाशित गरी प्रदेशअन्तर्गत स्याङ्जाका १०, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का १, कास्कीमा २, बागलुङ ५ र तनहुँमा १ गरी १९ संक्रमित भेटिएको जनाएको हो । उनीहरु सबैजना भारतबाट फर्किएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दै आएको बताइएको छ ।

स्याङ्जाको चापाकोटमा १ महिला सहित ६, गल्याङ नगरपालिकामा १ महिला सहित ४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुको स्वाब परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको हो ।यस्तै, नवलपरासी (वर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकाका १८ वर्षीय पुरुषमा पनि कोरोना भेटिएको छ ।

कास्कीमा पोखराका ४० वर्षीय पुरुष सहित मादी गाउँपालिकाका १९ वर्षीय पुरुष संक्रमित भएका छन् । बागलुङको गल्कोटका ३, बडिगार्ड गाउँपालिकाका १, जैमिनी नगरपालिकाका १ गरी ५ जना संक्रमित छन् भने तनहुँको व्यास नगरपालिकाका ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।आइतबार बिहानमात्रै १६ नयाँ संक्रमित फेला परेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width