ताराखोलाबाट पाँच थान भरुवा बन्दुक सहित ६ जना पक्राउ

राजेशचन्द्र राजभण्डारी
जेठ २९, २०७७
pestol

बागलुङ, २९ जेठ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाबाट अवैध हतियार सहित ६ जना पक्राउ परेका छन् ।

अवैध हातहतियार लुकाई राखेको भन्ने सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले ताराखोला गाउँपालिका—१ बाट ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्लाको ताराखोला—१ का चित्रराज कँडेल, थमबहादुर घर्ती, टंकबहादुर रोका, होमबहादुर रोका, खिमानन्द कँडेल र बमबहादुर घर्ती पक्राउ गरेका छन् । सुराकीको आधारमा उनीहरु घर खानतलासी गर्दा ५ थान भरुवा बन्दुक बरामद गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले बताए ।

बमबहादुर घर्तीले आफ्नो बन्दुक टंकबहादुर रोकालाई राख्न दिएकाले उनीहरु दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य व्यक्तिको घरबाट एक/एक थान भरुवा बन्दुक फेला परेका थिए ।अवैध हतियार सहित पक्राउ परेका उनीहरु विरुद्ध जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरी हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धान सुरु गरिएका जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width