नवलपुरमा संक्रमितको संख्या ३४ पुग्यो

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७७
mid-point-hospital-slider

नवलपरासी, २७ जेठ । पूर्वी नवलपरासीमका मंगलबार १२ जनामा कोरोना संक्रमण पोजेभिट देखिएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार पूर्वी नवलपरासीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती सबै बौदीकाली गाउँपालिकाका पुरुष हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईका अनुसार बौदीकाली २ का १९ र ३० वर्षका २ जना पुरुष, बौदीकाली ३ का ३० वर्षीय १ जना पुरुष, बौदीकाली ४ का १८, १८, १९, २०, २१, २२, २२, ३० र ४० वर्षका गरी ९ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

बौदीकालीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या नवलपुरमा ३४ पुगेको छ । सोमबार कावासोतीका ३ जना र गैडाकोटका २ जनामा कोरोना संक्रमण देखिएको थियो भने आइतबार नवलपुरको ४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै