वडा अध्यक्ष मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७७
dalit 1

पोखरा, २३ जेठ । रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट नवराज विश्वकर्मा सहित छ जना युवाको युवाको मृत्युको घटनालाई लिएर दलित संघर्ष समिति पोखरा महानगरपालिका वडा नं ३३ ले आज वडा अध्यक्ष मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समिति संयोजक प्रेमबहादुर सुनार नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।२१ औं शताव्दीमा भएको यो घटना लज्जाजनक एवम् निन्दनीय भएको भन्दै ज्ञापनपत्रमा यसले दलित समुदायको अपमानका साथै समग्र देशकै शीर निहुँरिएको भनिएको छ ।

जातीय विभेद हुनु आफैंमा मानवअधिकारको हनन भएको भन्दै ज्ञापनपत्रमा यो घटनाले हाम्रो समाजमा आज पनि अत्यन्तै नराम्रो रोग विद्यमान रहेको कुरालाई थप प्रष्ट बनाएको उल्लेख छ । अन्तर्जातीय विवाह गर्न खोज्दा दलित भएका कारण ज्यान गुमाउनुपरेको अवस्थामा जातीय भेदभाव कसुर र सजाय ऐन २०६८ अन्तर्गत अपराधीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न समितिले माग गरिएको छ । मानव सभ्यतालाई गम्भीर चुनौती दिने यस किसिमको आपराधिक घटना कुनै पनि हालतमा दोहोरिन नदिन समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस अघि जातीय उत्पीडनका विरुद्धमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकी पोखरा महानगरपालिका वडा नं ३३ बसपार्कदेखि सुरु भएको र्याली बरेली चोक, पानीट्याङ्की, महाकाली चोक, कालिकास्थान हुँदै भगवतीचौतारा पुगी पुन त्यहाँबाट फर्की कालीकास्थान पुगी ज्ञापनपत्र बुझाउँदै कोणसभामा परिणत भएको थियो ।कोणसभामा संयोजक प्रेमबहादुर सुनार, सह संयोजक शरण नेपाली, उप संयोजक राजकुमार सुनार, दलित संघर्ष समिति कास्कीका संयोजक दुर्गाबहादुर सुनार, कलाकार महेश गोदार लगायतले घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरे ।

Related News

सम्बन्धित समाचार

  • डेढ करोड ठगेर ललित फरार

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । चेक अनादर मुद्दाका प्रतिवादी ललितकुमार गुरुङलाई ६ महिना बित्दासमेत प्रहरीले पक्राउ गर्न सकेको छैन । नेपाल तरुण दल…
  • सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर पोखरामा ५७ लाख रुपैयाँ लुटिएको छ । चितवनमा समेत १६ लाखसहित ७३ लाख…
  • किशोरी बिक्री गर्न खोज्ने फन्दामा

    आदर्श समाज सम्वाददाता पौष १७, २०८१
    लमजुङ । लमजुङ सदरमुकाम बेसींसहरबाट १४ वर्षीया किशोरीलाई भारततर्फ बिक्री गर्न लागेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।…
  • रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

    आदर्श समाज सम्वाददाता पौष १, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको…
  • रविविरुद्ध चितवनमा पनि जाहेरी

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका…

hero news full width