गलकोट, ९ जेठ । चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई बागलुङ नगरपालिकाले राहत रकम हस्तान्तरण गरेको छ ।
गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका–१३ का शङ्कर रिजालको परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट बिहीबार रु ५० हजार राहत रकम हस्तान्तरण गरिएको छ ।
मृतक रिजालको परिवारलाई नगरप्रमुख जनकराज पौडेलले रु ५० हजारको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बागलुङ नगरपािलका–१३ का वडाध्यक्ष नारायण शर्मालगायतको टोली पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।
मृतकको परिवारलाई घरमै पुगेर नगरपालिकाले व्यवस्था गरेअनुरुपको राहत प्रदान गरेको नगरप्रमुख पौडेलले जानकारी दिए । मृतक रिजाल कोरोना छल्नका लागि काठमाडौँबाट घर आएका थिए । गत चैत २९ गते साँझ आफ्नै घरको पिँढीमा खाजा खाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते रिजालको उपचारको क्रममा धवलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको बजेट पारित
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१