वडाध्यक्षमाथि गोली प्रहार

रासस
वैशाख १९, २०७७
11

यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छन् ।

करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुई अज्ञात व्यक्तिले रिभल्वरले उनलाई गोली प्रहार गरेका थिए ।

वडाध्यक्षलाई प्रहार भएका कुनै गोली उनलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताए । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।

Related News

सम्बन्धित समाचार

  • डेढ करोड ठगेर ललित फरार

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । चेक अनादर मुद्दाका प्रतिवादी ललितकुमार गुरुङलाई ६ महिना बित्दासमेत प्रहरीले पक्राउ गर्न सकेको छैन । नेपाल तरुण दल…
  • सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर पोखरामा ५७ लाख रुपैयाँ लुटिएको छ । चितवनमा समेत १६ लाखसहित ७३ लाख…
  • किशोरी बिक्री गर्न खोज्ने फन्दामा

    आदर्श समाज सम्वाददाता पौष १७, २०८१
    लमजुङ । लमजुङ सदरमुकाम बेसींसहरबाट १४ वर्षीया किशोरीलाई भारततर्फ बिक्री गर्न लागेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।…
  • रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

    आदर्श समाज सम्वाददाता पौष १, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको…
  • रविविरुद्ध चितवनमा पनि जाहेरी

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका…

hero news full width