कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक भूपू गोर्खाको निधन

रासस
वैशाख १४, २०७७
Corona

Representative Photo

लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ । पुख्र्याैली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिनुभयो ।

मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आउनुभएको थियो ।

उहाँलाई पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको र गत वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्षले बताउनुभयो । श्वासप्रश्वासमा कठिनाइ आएपछि उहाँलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक साताअघि भर्ना गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width