पोखरा, १२ वैशाख । कोरोना संक्रमणपछि उपचाररत बागलुङ कुँडुलेकी १९ वर्षीया युवतीकाे छैटाैं रिपोर्ट नेगेटिभ आएको छ । उनकाे लगातार दुई रिपाेर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज तयारी गरिएकाे धाैलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पाेखरेलले जानकारी दिए।
उनले भने, रिपाेर्ट नेगेटिभ पछि उनकाे पनि आजै घर फर्किने चाहना छ, केहिबेरमा डिस्चार्ज तयारी गरिएको छ। बुधबार र बिहिबारकाे स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको हो ।
उनको लगातार चौंथो पटकसम्म पोजिटिभ देखिएको थियो । उनी राजधानी बाहिर काेराेना संक्रमित हुनेमध्ये पहिलाे व्यक्ति हुन्। उनी चैत १४ देखि धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचाररत थिइन्।
उनीसँगै उपचाररत ६५ वर्षीया बृद्धाको यसअघि नै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भैसकेकी छिन् । लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना नभएको पुष्टि हुने जिल्ला स्वास्थ्य अधिकृत सुरज गुराैले जनाए।
उनीहरु दुवैजना चैत ४ गते कतार एयरवेजमार्फत बेल्जियमबाट नेपाल आएका थिए । गण्डकीमा हालसम्मकाे पिसिआर टेष्टमा ५ सय ६४ मध्ये ५ सय ४० जनाकाे नेगेटिभ अाएकाे छ। २ जनाकाे पाेजेटिभ आएकाेमा २२ जनाकाे बाँकी रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ।
Related News
सम्बन्धित समाचार
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१