काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । बहराइनमा आज अपराह्नसम्म कूल एक हजार आठ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ । जसमध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।
कूल सङ्क्रमितमध्ये ७२५ जना निको भएर घर फर्किएका दूतावासले जनाएको छ । बहराइनमा हालसम्म ७९ हजार ५६४ जनामा कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ बाट बहराइनमा सात जनाको मृत्यु भएको छ ।
बहराइनले यही अप्रिल ७ देखि लागू हुने गरी अवैधानिकरुपमा बसोबास गर्दै आएका कामदारलाई वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० को डिसेम्बरसम्म माफी दिने निर्णय गरेको दूतावासले जनाएको छ । बहराइनमा सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
Related News
सम्बन्धित समाचार
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
सहारा क्लब हङकङमा नयाँ कार्यसमिति
नेपाललाई चीनको ९ अर्ब अनुदान
सहारा क्लब हङकङ आयोजनामा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल
भारतीय प्रधानमन्त्री मोदीसँग आरजूको भेट
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१