सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउनुपर्छ

प्रेमबहादुर भुजेल
जेठ १७, २०७८

नेपालमा सुर्ती तथा सुर्तीजन्य पदार्थको सहज उत्पादन, आयात, विज्ञापन, बिक्री, वितरण र सेवन मानव स्वास्थ्यका लागि गम्भीर समस्या बनेको छ । सुर्तीजन्य पदार्थ उत्पादन र आयात गरी उपभोक्तासम्म पु¥याउँदा प्राप्त हुने उत्पादनकर्ता (उद्योगी) को मुनाफा, सरकारलाई कर, श्रमिक तथा तहअनुसारका कर्मचारीलाई ज्याला, डिलर होलसेलर तथा खुद्रा बिक्रेतालाई जति मात्रामा नाफा प्राप्त हुन्छ त्यसको दुगुणाभन्दा बढी सुर्ती तथा सुर्तीजन्य पदार्थ सेवनबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा सरकारको खर्च भइरहेको छ । सँगसँगै अस्वस्थताका कारण आयआर्जन गर्न नसक्नु, परिवारका अरु सदस्यको समय खर्च हुनु र अभिभावक वा परिवारका सदस्य गुमाउनु पर्दा पार्ने आर्थिक, भौतिक, सामाजिक, मानसिक र मनोवैज्ञानिक असरको मूल्यांकन गर्ने हो भने नाफा घाटाको हिसाकिताब गर्न छोडेनुपर्छ । सानो र विकासोन्मुख देश भुटानले जसरी सुर्तीजन्य पदार्थ निषेधित राष्ट्र नेपाल घोषणा गर्दा सहज र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुन्थ्यो भन्ने लाग्दछ । किनकि हाम्रो देशमा दीर्घकालीन स्वास्थ्य समस्याले गर्दा सहयोग माग्न नपरेको अति कम परिवार होलान् र सहयोग दिन नपरेकोे कुनै सरकारी तथा गैरसरकारी संघसंस्था, क्लब र समूह छैनन् भन्दा दुईमत नहोला ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ८५ प्रतिशत फोक्सोको क्यान्सर धुम्रपान सेवनकै कारण हुन्छ भनेर ठोकुवा गरेको छ । फोक्सो मानव शरीरको अति संवेदशील अंग हो । यो अंगको सिधा सम्पर्क मुटु र ब्रेन (दिमाग) सँग रहेको हुन्छ । त्यसकारण मुटु र रगत प्रणाली हुँदै सम्पूर्ण शरीरमा यसको प्रभाव पर्छ । मानिसको फोक्साको संरचना उल्टो रुखजस्तो हुन्छ । नाकको प्वाल फायरेङ्स, लारेङ्स, ट्राकिया, ब्रोनकाइ, ब्रोनक्युलेस र एलभिओलस जसलाई वायुकोष्टक पनि भनिन्छ । ती करोडौं एलभिओलससम्म पुगेको अक्सिजन रगतको माध्यमद्वारा शरीरको सम्पूर्ण अंगमा पुग्दछ । विशेष गरी रगतमा भएको हेमोग्लोबिनले अक्सिजन लैजाने र कार्बनडाइअक्साइड बाहिर पठाउने कार्य गर्दछ । हामीले सास फेर्दा हावामा पाइने ७८ प्रतिशत नाइट्रोजन २१ प्रतिशत अक्सिजन र ०.०३ प्रतिशत कार्बनडाइअक्साइड लिन्छौं बाहिर फाल्दा नाइट्रोजन पूरै ७८ प्रतिशत, अक्सिजन १७ प्रतिशत र कार्बनडाइअक्साइड ४.०५ प्रतिशत निकाल्छौं ।

वातावरणीय प्रदूषणका कारण हामीले लिने हावा कति प्रदूषित भइसकेको छ त्यो भने सोच्ने बेला भएको छ । स्वस्थ मानिसले १ मिनेटमा १६, १७ पटक सास फेर्छ । सुतेको बेलामा १२, १३ पटक सास फेर्छ भने बच्चाले २५, २६ पटक सास फेर्छ । विज्ञका अनुसार हामीले सास लिँदा धुवाँ भएको हावा लियौं भने हेमोग्लोबिनले शुद्ध अक्सिजनभन्दा धुवाँमा पाइने कार्बनमोनोअक्साइड मन पराउने हुँदा धुवाँ नै सम्पूर्ण शरीरमा पठाउने गर्दछ । मानिस हप्तौं खानाबिना बाँच्छ २४ घन्टा पानी नखाए पनि बाँच्छ तर सास १ मिनेटमा १६ पटक फेर्नुपर्छ । मावन स्वास्थ्यका लागि ४ हजारभन्दा बढी हानिकारक रासायनिक तत्वहरु पाइने सुर्ती तथा सुर्तीजन्य पदार्थ र ६० प्रकारका क्यान्सर गराउने कारकतत्व बोकेको यो सुर्तीजन्य पदार्थ दक्षिण एसियाली राष्ट्रहरुमा बंगलादेशपछि अत्यधिक मात्रामा प्रयोग गर्ने देश नेपाल भएको स्वास्थ्य अनुसन्धान परिषद्ले २०१९ मा गरेको सर्वेक्षणले देखाउँछ । १५ वर्षदेखि ६९ वर्षसम्मका व्यक्तिहरुमा गरिएको सर्वेक्षणमा २८.९५ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको देखिन्छ ।

४ हजारभन्दा बढी हानिकारक रासायनिक तत्व र ६० प्रकारका क्यान्सर गराउने कारकतत्व सुर्तीजन्य पदार्थमा हुन्छ

नेपालमा सुर्तीजन्य पदार्थ सेवनको सुरुआत अन्य देशको भन्दा बग्लै र रोचक भएको जानकारहरु बताउँछन् । विशेष गरी पहाडी मुलुकमा यततत्र आफैं उम्रिने गरेको निकोटिनयुक्त साइनिक तत्व भएको एक प्रकारको वनस्पति जसलाई काँचोपात भनेर भनिन्छ । यसलाई सुरुमा बिउबिजन सुरक्षित राख्न प्रयोग गरिन्थ्यो । काँचोपातले बिउबिजनलाई छोप्ने तलामा राख्ने अनि प्रत्येक दिन बेलुका काँचोपात डढाएर धुवाँ लगाउने गरिन्थ्यो जसको कारण घुनपुत्ला लाग्दैनथ्यो । यसरी बिउबिजन सुरक्षित गर्दा अधिकांश व्यक्ति निष्क्रिय धुम्रपानको सिकार भइसकेका थिए । सबैको रगतमा निकोटिनले जरा गाडी सकेको थियो । नजानिँदो लत बसिसकेको थियो । धुम्रपानका तत्कालीन र दीर्घकालीन गरी २ प्रकारका असर हुन्छन् । तत्कालीन असरहरुमा ७ सेकेन्डमै धुवाँ मस्तिष्कमा पुग्ने हुँदा क्षणिक समयका लागि मस्तिष्क शिथिल हुने हुँदा ध्यान एकत्रित भई आनन्दको अनुभूति हुने र पर्याप्त कपडाको अभाव भएका बेलामा शरीरमा न्यायोपन र झुम्मझुम्म पार्ने हुँदा बेलुकी लगाउने काँचोपातको धुवाँ दिउँसो घरबाहिर हुँदा काँचोपात सुकाएर धुलो पारी कटुसको पातमा बेरेर सिधै मुखले धुवाँपान गर्न थालेपछि कटुसको पातको सट्टा निगालो, निगाले बाँसमा भरेर प्रयोग गरे । त्यसपछि माटोको चिलम बन्यो । हुँदाहुँदा फिल्टर सिगरेट र सिगारसम्म अहिले १ दर्जनभन्दा बढी नामले सुर्तीजन्य पदार्थ चिनिन्छन् । पहाडी मुलुकमा बढी धुम्रपान गर्ने हुँदा फोक्सोको क्यान्सर बढी देखिन्छ भने तराई क्षेत्रमा धुवाँरहित सुर्ती सेवन गर्ने हुँदा मुखको क्यान्सर बढी देखिएको छ । सुर्तीले शरीरको जुनसुकै अंगमा क्यान्सर गराउन सक्ने विज्ञहरुले ठोकुवा नै गरेका छन् । नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको लगभग २ दशक भयो र नेपालमै सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ बनेको पनि दशक पुग्यो । अर्कोतर्फ विश्व स्वास्थ्य संगठनको मातहतको संस्था सुर्तीजन्य पदार्थ नियन्त्रण महाशाखाले प्रत्येक वर्ष आफ्ना सदस्य राष्ट्रका प्रमुख तथा विभागीय प्रमुखलाई बोलाउने नयाँ नयाँ पोलिसी बनाउने र कार्यान्वयनका लागि निर्देशन दिने गर्दछ । यो कार्यक्रम पनि हाम्रो देशमा निरन्तर चलिरहेको छ र यसो हेर्दा चलिरहन्छ जस्तो लाग्न थालेको छ । जसरी स्थायी शिक्षकले विद्यालयमा अध्ययन गराएजस्तो शिक्षक निश्चित समयपछि निवृत्त हुन्छ तर विद्यालय चलिरहन्छ । फेरि पनि सबैको तर्फबाट सुर्तीरहित समाज सिर्जनाका लागि गरेको प्रयास र कार्यक्रमहरुलाई सकारात्मक रुपबाट हेरिनुपर्छ त्यसमा कसैको दुई मत पनि छैन तर हाम्रो देश सुर्तीजन्य पदार्थ न्यूनीकरणमा शून्य नै छ जुन तथ्यांकले देखाउँछ । ऐन बनेकै छ । संसद भवनमा सुर्ती सेवन गरेको दृश्य देखाइन्छ उपल्लो स्तरका कर्मचारी सेवाग्राहीले के सोच्लान् भन्नेसम्म हेक्का राख्दैनन् । धुवाँरहित सुर्तीजन्य पदार्थलाई उनीहरुको आफ्नै ऐन छ टेबुलमुनिको डचपिन । सबै नपरे पनि जन्मदिने आमा, बाबु, माया गर्ने मामा, माइजू, हजुरबा, हजुरआमा, काकाकाकी, न्यायदिने न्यायमूर्ति, ज्ञान दिने गुरु, उपचार गर्ने चिकित्सकलगायत विभिन्न व्यक्तिले सुर्तीजन्य पदार्थ सेवन गरेको देखेको र सुनेको त्यो अबोध बालक जब विद्यालयको उपल्लो कक्षामा अध्ययनरत हुन्छ तबदेखि नै सुरु हुन्छ त्यो सुर्तीजन्य पदार्थ सेवनको समस्या थोरै प्रतिशत छात्र छात्राहरुले धुम्रपान तथा सुर्तीसेवन गर्ने आँट गर्छन् तीमध्ये जो निस्क्रिय धुम्रपानकर्ता हुन् उनीहरुलाई धुम्रपान गर्न सहज लाग्छ । सुरुआतीको अवस्थाजस्तो अन्यलाई केही समय गाह्रो हुन्छ पछि निकोटिनले रगतमा आफ्नो प्रभाव जमाइसकेपछि उनीहरुको पनि बानी पर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफ्ना अभिभावकले गुरुले आफूले सेवन गरेर मलाई किन खान हुँदैन भनेको होला ? खाँदा कस्तो हुन्छ होला भनेर जुन प्रतिशतमा उत्सुकता जागेको हुन्छ त्यसको सयौं गुणा बढी आफू सरहको साथीले सेवन गर्दा आफूले पनि सेवन गर्ने उत्सुकता जागेर आउँछ । ती आफैं धुम्रपान सेवन गर्न आँट गर्ने साथीको संगत गर्ने ९० प्रतिशतभन्दा बढी अरुले पनि सुर्तीजन्य पदार्थ सेवन गर्दछन् ।

सरोकारवाला निकायले यो समस्या समाधान गराउने हो भने यहाँबाटै सुरु गर्नुपर्छ । मूलमा सङ्लो पानी मिसाइदिनुपर्छ, एक दिन सबै खोलो सङ्लो हुन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको २०१९ को सर्वेक्षणअनुसार ८५ प्रतिशत आमाहरुले धुम्रपान तथा सुर्ती सेवन गर्दैनन् । आमा शब्द आफैंमा पूर्ण छ, कर्णप्रिय छ । भनिन्छ जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । आमाले ९ महिनासम्म कोखमा लिँदा विभिन्न समस्यासँग जुध्दै, मीठा सपना र कल्पनामा डुब्दै प्रसव पीडाका साथ जब शिशुलाई जन्म दिन्छिन् अनि आफूलाई भन्दा शिशुलाई बढी महत्व दिन्छिन् । शिशुका हरेक आवश्यकता र समयसँग आमाको भित्री सम्बन्ध स्थापित भएको हुन्छ । भनिन्छ, छोराछोरीलाई कुनै दुख कष्ट पीडा भए आमाको छाती चर्किन्छ अरे । चाहे सुर्तीजन्य पदार्थ सेवन गर्ने आमा नै किन नहुन आफ्ना सन्तान स्वस्थ हुन, सुन्दर हुन, सरल हुन, सहज, सार्थक सफल र सम्पन्न हुन भन्ने नै चाहना गरेकी हुन्छिन् । देशलाई असल नागरिक बनाउने सपना सबै आमाबाबुको हुन्छ तर विडम्बना हामी सबैलाई थाहा छ, मानवीय स्वभाव मानवीय गुण जे नगर भन्यो त्यही गर्न खोज्ने बाबुआमा, गुरु र अग्रजले धुम्रपान सेवन गर्न हुँदैन ।

यसले स्वास्थ्यलाई हानि गर्छ भनेकै थिए त्यसमाथि सरकारले थपिदियो १८ वर्ष मुनिकाले सुर्तीजन्य पदार्थ खरिद बिक्री र सेवन गर्न पाइँदैन भनेर त्यसैले होला अहिले सेवन गर्ने क्रम बढ्दो छ । म सरोकारवाला निकायलाई अनुरोध गर्न चाहन्छु जोड दिएर भन्न चाहन्छु । बाबु आमाले दिन खोजेको स्वस्थ र असल नागरिकलाई नेपालको नागरिक बनाउँदा अथवा भनौ नागरिकताको प्रमाणपत्र दिँदा स्वस्थ र असल नागरिकको रगत स्वस्थ हुनुपर्छ निकोटिनरहित रगत हुनुपर्छ जसरी १५० हजारको स्कुटर चलाउन ब्लडगु्रपसहितको लाइसेन्स चाहिन्छ । आजका साझेदार भविष्यका कर्णधार र जसको हातमा देश सुम्पिनुपर्छ । उनीहरु शारीरिक र मानसिक दुबै रुपले स्वस्थ हुनुपर्दैन ? नागरिकताको प्रमाणपत्र लिँदा बाबुको नागरिकता, जन्मदर्ता र फोटोसँगै निकोटिन नेगेटिभ ब्लड रिपोर्ट संलग्न हुुनपर्ने प्रावधान सरकारले गराउने हो भने ५० प्रतिशत समस्या स्वत समाधान हुन्छन् । सँगसँगै निस्क्रिय धुम्रपान सेवनकर्ताको समस्या पनि हटेर जान्छ । गरिबी, अशिक्षा, अज्ञानता र अभावका कारण वृद्धाश्रम, देवघाट भन्ने शब्द नेपालीलाई अनौठो नौलो नलाग्नु स्वाभाविकै हो । तर बोली नफुट्दै आँखा हेरेर सबै कुरा बुझ्ने, नबोल्दै भाषा बुझ्ने, भोक लागेको नीद लागेको, जाडो, गर्मी भएको, दिसापिसाब गरेको मात्र हैन गर्न खोजेको सबै बुझेर हुर्काएकी ती ममतामयी मातालाई १४–१५ वर्ष पुग्दानपुग्दै चर्को स्वरले बोल्ने मैले भनेको बुझ्नु भएन भनेर अपमानजनक ढंगले बोल्दा ती आमाको मन कति दुख्छ होला ? यो यस्तो खालको बिग्रँदो पारिवारिक स्थिति हुनु र नहुनुमा पनि सुर्तीजन्य पदार्थको गहिरो सम्बन्ध छ ।

लेखक क्यान्सर शिक्षा कार्यक्रमका वरिष्ठ प्रशिक्षक हुन् ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width