सबै शिक्षक गुरु हुँदैनन्

युवराज खनाल
असाेज १९, २०७७

आज विश्व शिक्षक दिवस । संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संघ (युनेस्को) को आह्वानमा हरेक वर्षको अक्टोवर ५ मा मनाइने शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपालमै पनि यो दिवस मनाइने गरे पनि दिवस बारेमा स्वयम् शिक्षकहरु भने अनविज्ञ भेटिएका छन् ।

माथिको संवाद पनि त्यही अनविज्ञताको एक नमूना हो । शिक्षकहरुले अरु विभिन्न दिवसहरुको ख्याल गरे पनि आफ्नै पेशासँग सम्बन्धित दिवसबारेमा भने ख्याल गर्ने गरेका छैनन् । युनेस्कोले यो वर्ष ‘शिक्षकहरुका लागि आह्वान संकटको नेतृत्व अनि भविष्यको पूर्वकल्पना’ भन्ने नारा तय गरेपनि केही व्यक्तिहरुलाई बाहेक धेरैलाई दिवसबारेमा थाहा छैन ।

‘ कति शिक्षकहरुलाई विश्व शिक्षक दिवसको बारेमा थाहा छैन, उनीहरुलाई नेपालको शिक्षक दिवसबारेमा भने थाहा छ ।’

हामी यहाँ धेरै शिक्षक भएका छैनौ विद्यार्थीको दिमागमा खाडल खन्ने त्यो खाडलमा बाहिर बाट पानी हाल्ने मजदूर भएका छौ ।

प्रायः शिक्षक होस् या अन्य कर्मचारी, बिदा पाइने दिवसको बारेमा मात्र ख्याल गर्ने प्रवृत्ति हुँदा शिक्षक दिवसको बारेमा त्यति चासो नरहेको स्वयं शिक्षक बताउँछन् । यो वर्ष त अझै ओझेलमा पर्ने देखिन्छ यो दिवस ।

शिक्षकले आफ्नो हकअधिकारको पक्षमा आवाज उठाउँदै मनाउने दिवस नेपालमा भने ओझेलमा पर्ने गरेको छ । कुनै संघ, संगठन, युनियनमा आवद्ध नभएका शिक्षकलाई मात्र नभएर संघसंगठनमा आवद्ध शिक्षकले पनि त्यस्तो अनुभव गरेका छन् ।

विश्वभर शिक्षक दिवस मनाइरहँदा नेपालका शिक्षकहरु भने अझ पनि आफ्नो हक र अधिकारको लागि लडिरहन बाध्य भएको शिक्षक नेताहरुको भनाइ छ ।

विश्व शिक्षक दिवस मनाई रहँदा हामी शिक्षकले पनि केही कुरा गम्भीर भएर सोच्नु पर्ने हुन्छ ।

सानासाना नानीबाबूहरु भगवान् जस्तै हुन्छ्न । उनीहरुलाई असल, सक्षम र सबल मान्छे बनाउन स्कुल त्यसपछि कलेज पठाइन्छ तर स्कुल र कलेज सकेपछि उनीहरु झन् अमान्छे बनेर निस्के भने यस्को जिम्मेवार को ?

हाम्रो शिक्षाले विद्यार्थी भित्र के छ ? त्यसलाई नियाल्दैन । अरुको दिमागको कुरा उनीहरुको दिमागमा जबर्जस्त हालिदिन्छ । अरुको दिमागमा भएका कुराहरू कति सम्झन सक्छ, त्यसलाई कागजमा कति भर्न सक्छ, त्यसैका आधारमा ग्रेडिङ गरिन्छ । फस्ट, सेकेन्ड, थड, पास, फेल … । शिक्षाले विद्यार्थी भित्र भएको कुराहरुको आधारमा उनीहरुको मूल्याङ्कन गर्दैन र गर्न सक्ने जनशक्ति पनि शिक्षण पेशामा लालहित देखिदैन । केही पहिला शिक्षक अनुमतिपत्र लिँदा आएको नतिजा र शिक्षाविद्हरुले शिक्षामा आपतकालीन अवस्थाको घोषणा गर्नु पर्ने धारणाले पनि प्रष्ट पार्दछ ।

हाम्रो शिक्षामा अरुका कुराहरू उसको दिमागले कसरी रेकर्ड गर्दछ त्यसैका आधारमा मुल्यांकन गरिन्छ । जीवनउपयोगी होस् या नहोस्, व्यवहारिक होस् या नहोस्, सत्य होस् या झुठो नै किन नहोस्, जो अरुका कुरालाई रेकर्डर जसरी दिमागमा राख्न सक्छ, ऊ उत्तम विद्यार्थी हुन्छ । जस्ले सक्दैन ऊ खत्तम विद्यार्थी हुन्छ ।

मानौ, कुनै जमिनमा २० फिट खनेपछि पानी निस्कन्छ र इनार बन्छ । हाम्रो शिक्षाले बढीमा १५ फिट खन्छ । अनि बाहिरबाट शिक्षाको पानी हालेर त्यसैलाई इनार बनाइदिन्छ । वास्तवमा मलाई त्यो इनार होइन खाडल मात्रै हो जस्तो लाग्छ । त्यस्ले पानी दिँदैन पानी सोस्छ मात्र । पानी सोस्यो भनेर खाड्लमा प्लास्टर गरेर पानी नसोस्ने गराइन्छ । जहाँ बाहिरबाट हालेको शिक्षाको पानी जमेर बस्छ । जमे पछि केही समयमै पानी फोहोर हुन थाल्छ । त्यो कृत्रिम इनारले भ्यागुतो र सर्प पनि पाल्न थाल्छ । त्यहाँ लेऊ जम्न सक्छ तर थप ५ फिट खन्न सके त अविरल स्वच्छ पानी दिने प्राकृतिक इनार प्रत्येक विद्यार्थीमा पहिलेदेखि नै तयारी अवस्थामा छ । कसैले बाहिरबाट पानी हाल्नै पर्दैन । मलाई लाग्छ, हामी यहाँ धेरै शिक्षक भएका छैनौ विद्यार्थीको दिमागमा खाडल खन्ने त्यो खाडलमा बाहिर बाट पानी हाल्ने मजदूर भएका छौ । अरुले लेखेका किताबी ज्ञान भन्दा पटक्कै बाहिर जान सक्दैनौ । हामी अभिभावक पनि मेरो नानी बाबुले कति जान्यो, कति सिक्यो भन्ने भन्दा परीक्षामा कति नम्बर ल्यायो भन्नेतिर लालयित हुन्छौ । जसको परिणाम आज हेरौ हामी कहाँ बीए , एमए उत्तीर्ण गर्नेहरूको अवस्था ।

मेरो विचारमा गुरु भनेको त धेरै महान् सम्बोधन हो । गुरु भनेको स्रस्टा हो, रचनाकार हो, आविष्कारक हो त्यसैले उसको स्थान देवता सरह हुन्छ । त्यसैले हाम्रो पूर्वीय शास्त्रमा गुरुदेवो भवः भनिएको होला । योगका गुरु पतञ्जली हुन्, विकासवाद्का गुरु चाल्स् डार्बिन हुन् । माक्र्सवादका गुरु कार्ल माक्र्स हुन् । ज्योतिषका गुरु भृगु ऋषि हुन् । जसले गुरुका कुरा अनुसरण गर्दछ ऊ आचार्य हो । जसले गुरुका कुरालाई पढाउँछ या सिकाउँछ ऊ शिक्षक हो । मैले जीवन सबै अरुका कुरा पढाएर सिकाएर बिताए त्यसैले म शिक्षक हुँ । गुरुका पनि गुरु भनेको पञ्च तत्व हुन् । प्रकृति, पृथ्वी, जल, तेज, वायु र आकाश । संसारमा जति पनि सृष्टि भएको छ यिनैका आधारमा भएको छ । प्रत्येक मान्छे भित्र यी महागुरुहरुको बाँस छ । यी महागुरु नभएको भए गुरुहरु पनि हुने थिएनन् शिष्यहरु पनि हुने थिएनन् हामी पनि हुने थिएनौ । गुरुहरु नभए मानव सभ्यता यहाँसम्म आइपुग्ने थिएन । मेरा विचारमा केही शिक्षकहरु गुरु हुनुहुन्छ तर सबै शिक्षक गुरु हुँदैनन् जस्तो लाग्दछ ।

आज देश अझै लकडाउनमा छ । अनलाइन कक्षा सञ्चालन गर्ने र पठनपाठ्न गर्ने भन्ने सरकारको नीति कहाँसम्म सम्भावना छ । यस्ले कस्तो वर्गलाई उपलब्धि देला । उदेकलाग्दो कुरा अर्कोतिर पनि छ नीजिक्षेत्रमा संचालित विद्यालयहरुप्रति सरकारको धारण के हो ? विद्यार्थीहरुबाट शुल्क नलिनु, अनलाइन कक्षा सन्चालन गर्नु, शिक्षकहरुलाई तलब दिनु । के सरकार, अभिभावक, शिक्षक र निजी विद्यालय सञ्चालक बीच द्वन्द्व चर्काउन खोजेको हो ?

मेरो आफ्नो निजी धारण त हाम्रो शिक्षा व्यवहारिक होस्, जीवन उपयोगी होस्, स्कुल र कलेज पढिसकेपछि मान्छे बनोस्, अमान्छे नबनोस् । शिक्षाले देश विकासलाई सही र सत्मार्गमा लैजाने हुँदा शिक्षा क्षेत्रप्रति सरकारले खेलवाड नगरोस् । शिक्षक दिवसको यही शुभकामना ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग