ओत लाग्नु रुखको

शिवप्रसाद गौतम
भाद्र १६, २०७७

चर्को घाम, वर्षा आदिबाट जोगिन शरण लिइने ठाउँ, घाम–पानी आदिले नभेट्ने सुरक्षित ठाउँ, ओट, आड, आपद–विपद परेको बोलामा शरण लिइने व्यक्ति, राजनीतिक दल, वस्तु वा ठाउँ, आड–भरोसा, सहारा, आश्रय आदिलाई ओत भनिन्छ । यस्तै विशेषता बोकेको राजनीतिक दल काँग्रेसले चुनाव चिन्ह रुख राखेको छ । कुनै उद्देश्य लिएर घरबाट बाहिर जाँदा बाटोमा आइपर्ने कठिनाइ प्रचण्ड गर्मी र पानी पर्‍यो भने रुखको छहारीमा बसेर आफूलाई संरक्षण गर्ने हाम्रो परम्परा छ । यसरी ओत वस्ता ठूलै रुखको ओत बस्यो भने संरक्षण हुन्छ । रुखका धेरै विशेषताहरू छन् । मानिसलाई रुखले धेरै प्रकारले सहयोग गर्दै आएको छ । औषधि उपचार, गृह निर्वाण, फर्निचर निर्माण, प्राण वायु उत्पादन, इन्धन, बुढेसकालको सहारा लौरी, घामपानी हावाहुरीबाट संरक्षण आदि प्रकारका सहयोग मान्छेले रुखबाट पाएको छ । सुन्दर प्राकृतिक दृश्य, जलवायु परिवर्तन, भूक्षय नियन्त्रण जस्ता अति महत्वपूर्ण कार्यहरूमा रुखको भूमिका ठूलो हुन्छ । बाढी पहिरो नियन्त्रण गरेर प्राणीहरूको संरक्षण रुखले गरेको हुन्छ । यिनै विविध विशेषताले गर्दा रुखलाई नेपाली काँग्रेस राजनीतिक पार्टीले आफ्नो चुनाव चिन्ह रुख राखेको प्रष्ट हुन्छ ।

वर, पिपल, समि, बेलपत्र, पलास, पाखुरी, पैयौ, साल, हर्रो, बर्रो, कटुस चिलाउने, श्रीखण्ड, रक्तचन्दन आदि वनस्पतिहरूको धार्मिक कार्यहरूमा पनि महत्वपूर्ण स्थान छ । वनस्पति मानव जीवनका आधार स्तम्भ हुन्छ ।

जब जब राज्यमा राजनीतिक संकट पर्छ तब तब नेपाली जनता नेपाली काँग्रेसमा शरण लिन आउँछन् । रुखको राजनीतिक, आर्थिक, धार्मिक र सामाजिक क्षेत्रमा अत्यन्त ठूलो महत्व छ । पिपलको रुखलाई भगवान विष्णुको स्वरूप मानेर पूजा गरिन्छ । वर, पिपल, समि, बेलपत्र, पलास, पाखुरी, पैयौ, साल, हर्रो, बर्रो, कटुस चिलाउने, श्रीखण्ड, रक्तचन्दन आदि वनस्पतिहरूको धार्मिक कार्यहरूमा पनि महत्वपूर्ण स्थान छ । वनस्पति मानव जीवनका आधार स्तम्भ हुन्छ । रुख विना मानिसको जीवन चल्न सक्दैन ।

नेपालको राजनीतिमा नेपाली काँग्रेसले आफ्नो चुनाव चिन्ह रुख राखेको बुद्धिमत्ता पूर्ण देखिन्छ । नेपालको राजनीतिक परिवर्तनमा रुख चुनाव चिन्ह भएको नेपाली काँग्रेसको अग्रणी भूमिका रहेको छ । २००७ साल, २०३६ साल, २०४६ साल, २०६२।२०६३ का आन्दोलनहरूमा र २०७२ को संविधान निर्माण र घोषणामा नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निभाएको छ । नेपालमा जतिपनि राजनीतिक परिवर्तन भएका छन् सबै नेपाली काँग्रेसको नेतृत्वमा सम्पन्न भएका छन् । त्यसैले संकट आइपर्दा नेपाली जनता काँग्रेस दलको शरणमा आउँछन् र काँग्रेसले पनि शरणको मरण नगरी आफनो राजनीतिक भूमिका जनहितको पक्षमा निभाउँदै आएको छ ।

नेपाली काँग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको समाजवादको सिद्धान्त र रुख चुनाव चिन्ह अत्यन्त सान्दर्भिक छन् । पञ्च र वामपन्थीहरूले काँग्रेसले राखेको वृक्षारोपण कार्यक्रमलाई बिथोल्थे । बिथोल्नाको मूलकारण वी.पी. फल्छन् भन्ने थियो । २०३७ सालको जनमत संग्रहमा वामपन्थीहरूले निलो रङ्गमा आफ्नो मत नदिई पहेँलो रङमा आफ्नो मत जाहेर गरेर त्यति बेला आउने संसदीय प्रजातन्त्रको घाँटी निमोठेर हत्या गरे ।

बुढापाका अनुभवीहरूको अहिले पनि अर्ती उपदेश छ “ओत लाग्नु छ भने ठूलै रुखको लाग्नू” भन्छन् । हुन पनि हो यही भावनाले गर्दा हाम्रा पुर्खाले धर्मको वास्ते चौपारी बनाएर वरपिपल समीका रुख रापेर हुर्काएर बाटोमा हिँड्नेहरूलाई गर्मी भयो पानी प¥यो भने ठूलै रुखहरूमा ओत लागेर आफूलाई घामपानीबाट रक्षा गर्छन् । बिडम्बना अहिलेको वामपन्थी सरकारले चौपारीका ठूला ठूला शताब्दियौका रुखहरू वर, पिपल समीहरू काटेर बेचेर धर्म लोप गरिरहेको छ ।

त्यसैले गर्दा सरकार धर्म संकटमा परेको छ । आज हो कि भोलि रुख काटेर ध्वस्त पारेकोले सत्ता च्यूत हुँदैछ । रुख काटेर आफ्नो घुँडामा आफैँले बन्चरोले हानेर घायल भएर सत्ताबाट निकट भविष्यमा बाहिरिँदै छ । जसले रुखलाई नष्ट गर्छ त्यो आफैँ नष्ट हुन्छ । अस्तु ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width