आज माघ १६ सहिद दिवस । कुनै पनि मुलुकका जनताले आफ्नो हक अधिकार प्राप्तिका लागि हरेक कालखण्डमा संघर्ष विनाको स्वतन्त्रता र प्रजातन्त्र प्राप्त गरेका इतिहास बिरलै होलान् । जनताको हक, अधिकार जनतामा निहित हुन नदिने, जनभावनाको कदर गर्न नसक्ने कुनै पनि शासक तथा व्यवस्थालाई कुनै पनि राष्ट्रका जनताले स्वीकार्न सक्दैनन् । त्यसैकारण हरेक कालखण्डमा हरेक प्रकारका धर्मयुद्ध, जनयुद्धबाट जनताले हक अधिकार प्राप्त गर्न संघर्ष गरेर नै प्राप्त गरेका इतिहास छन् ।
बल्दै रहेको आगोमा घिउ थप्ने कामले राष्ट्र र राष्ट्रियतामा अराजकता फैलाउने काम हुन सक्ने हुँदा सबै नागरिक सचेत रहनैपर्ने हुन्छ । क्रान्तिविनाको शान्ति प्राप्त नहुने हुँदा हाम्रा सहिदले आफ्नो अमूल्य जीवनलाई राष्ट्रका नाउँमा बलिदान दिनु भावी सन्तानका लागि रहेछ भन्ने यथार्थलाई मनभित्रैबाट चिन्तन मनन गरी बुझ्न सके बल्ल हामीले सहिद का सपना पूरा गर्न सफल हुनेछौं । हाम्रा पूजनीय र वन्दनीय वीर सहिद हरूको रातो र तातो रगतबाट उत्पन्न अग्निले जहाँनीया शासनको अन्त्य भएको स्मरणमा माघ १६ गतेको एक दिनलाई मात्र सहिद दिवसका रूपमा सम्झेर सहिदको सम्मान गरेका छौं भन्नु बिरालो बाँधेर श्राद्ध गर्नुजस्तो । यसैले देश र देशबासीका लागि ज्यानको बलिदान दिने सहिदको रगतको सम्मान पाइला–पाइलामा हुन आवश्यक छ । त्यसमा पनि विशेष गरेर राज्यको तालाचाबी समात्नेहरूले सहिदको रगतको सम्मान गर्न सिक्न आवश्यक देखिन्छ ।
आन्दोलन र हड्तालमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न हतार हुँदा राज्यसँग वास्तविक सहिदको तथ्यांक फेला पर्दैन
सहिदको योगदान चन्द्र सूर्य रहँदासम्म अमर रहन्छ । नेपालको इतिहासमा पल्टनका लाहुरे लखन थापालाई जंगबहादुर राणाविरूद्ध प्रचारबाजी गरेको आरोपमा १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रुखमा झुन्ड्याएर मारिएको इतिहास होस् या १९९७ सालमा राणाविरोधी अभियानमा लाग्दै जनतालाई प्रजातन्त्रको पक्षमा लाग्न आह्वान गर्ने जनमत सिर्जना गरेको आरोपमा हत्या गरिएका महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको त्यागको बलमा नेपालमा १०४ वर्षे निरंकुश जहानीया शासनको अन्त्य भएको थियो । यसरी ज्यानको आहुति दिने महान् सहिद र उनीहरूका परिवारले अझैसम्म राज्यबाट उचित सम्मान पाउन सकेका छैनन् । यो मात्र होइन, १० वर्षे द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलनमात्र होइन, विभिन्न समयका आन्दोलन र हड्तालमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न हतार हुँदा आज राज्यसँग वास्तविक सहिदको तथ्यांक फेला पर्दैन । आपसमा झैझगडा भएर मरे राज्यकोषबाट १० लाख दिन र सहिद घोषणा गर्न हतार हुने सरकारी अकर्मण्यताका कारण आज सहिद शब्दको अपमान हुने कुकर्म भइरहेका छन् । अब नेपाली जनताले यो मात्र देख्न बाँकी छ, भीरबाट लडेर मरेका सहिद, तरुनीका निहुँका कुटाकुटमा मरेका सहिद, दारूपानीको झोकमा चोकमा मरेका सहिद । यसरी, आस्था, पार्टी र झण्डाका बलमा फस्टाउँदै गएका आधुनिक सहिदका कारण धर्मभक्त, शुक्रराज, दशरथ, गंगालाल जस्ता सहिदका मर्म, भावना र वेदनामाथि कुठारघात हुँदै आएको छ । जिन्दगी भर सहिदको मर्म र भावनाको उपेक्षापूर्ण कर्म र व्यवहार गर्ने, माघ १६ गते सालिकमा माला फूल चढाउँदा त्यस्ता असतीका कुकर्मले निष्ठावान् सहिदको आत्माले चिरशान्ति पाउनेभन्दा अशान्ति हुने देखिएकाले त्यस्ता कुकर्म नगरेकै राम्रो हुन्छ । यस्ता कुसंस्कारले वास्तविक सहिदको घोर अपमान भएको छ । यदि सहिदको स्मरण गर्ने सन्दर्भमा सहिदका इच्छा, आकांक्षा र अधुरा सपनालाई पूरा गर्दै जाने दृढ संकल्प लिएर आफूले पनि त्यस्तै कर्म गर्न सकेमात्र सहिदको तातो रातो रगतले लेखिएको गौरवमय इतिहासको सार्थकता रहन्छ ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१