सहयोगी मनहरुको चौतारी–रेडक्रस

कृष्ण तिमिल्सिना
भाद्र १९, २०७७

सल्फेरिनो युद्ध प्रभावितहरुको राहत उद्धारमा कृयाशिल स्विस नागरिक जां हेनरी डयुनाले सन् १८६२ मा सल्फेरिनोको स्मृति नामक पुस्तक प्रकाशन गरे पश्चात् विश्व समुदायमा मानवताको पुकार गुञ्जिन थाल्यो । युद्धका घांइतेहरुको सहयोगका निमित्त अन्तर्राष्ट्रिय समितिको नामबाट सन् १८६३ मा रेडक्रस अभियानको प्रारम्भ भयो । पहिलो जेनेभा महासन्धी सन् १८६४ बाट यस संस्थाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरि सन् १८७५ मा रेडक्रसको अन्तर्राष्ट्रिय समितिको नामबाट आज डेढ शताब्दीपछि पनि विश्व समुदायमा यसको आवश्यकता र महत्व दिनानुदिन बढ्दै गएको छ । विश्वमा रेडक्रस अभियान प्रारम्भ भएको सय बर्ष पछि नेपालमा वि.सं. २०२० भाद्र १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी आज ५८ वर्ष पूरा गरेको सन्दर्भमा यसका निकाय र स्वयंसेवक तथा कर्मचारीहरुको योगदान उल्लेखनीय रहेको छ । सवैमा आदर र सम्मान व्यक्त गर्न चाहन्छु । आज भाद्र १९ गते हाम्रा अग्रजहरुले नेपालमा रेडक्रस स्थापना गरेको दिन आम रुपमा सहयोगी मनहरुको साझा चौतारी रेडक्रसको स्थापना भएको सुखद् सन्दर्भमा आम नागरिक, रेडक्रसकर्मी र रेडक्रसप्रेमी सबैमा हार्दिक शुभकामनाका साथ आभार व्यक्त गर्दछु ।

रेडक्रस एउटा मानवतावादी स्वयंसेवी उद्धार संस्था हो । यसको स्थापनाका लागि सम्बन्धित देशको सरकारले जेनेभा महासन्धिमा हस्ताक्षर र पूर्ण पालना नगरेसम्म कुनै पनि देशमा रेडक्रस स्थापना हुन सक्दैन । यस्तो ओजस्वी सामाजिक अन्तर्राष्ट्रिय संस्थाका हामी सदस्यहरुको जिम्मेवारी सहज, असहज र विपत्तिपूर्ण अवस्थामा मेरो के भूमिका र कसरी मैले सेवा, सहयोग विपद् प्रभावितहरुलाई पु¥याउन सक्छु भन्ने मानवीय भावनाबाट ओतप्रोत भई स्वयंसेवकको कर्तव्य पूरा गर्ने जिम्मेवारी सबै रेडक्रसका सदस्यहरुको काँधमा रहेको हुन्छ । निर्धारित सेवाका कार्य, जिम्मेवारी पूरा गर्न इच्छुक, प्राविधिक तथा अन्य सीप दक्षता भएका व्यक्तिहरुले स्वयंसेवा गर्न रेडक्रसको सदस्य हुनु पदैन । रेडक्रस आफैमा मानवताको अभियान हो । रेडक्रसकर्मी, रेडक्रसप्रेमी र आमजनसमुदायहरु यस संस्थाका अवयवहरु हुन् । आम मानव समुदायका लागि हामी सबैको भावनात्मक समर्पण र निष्ठापूर्ण कृयाशीलताले यसको मर्ममा पुर्‍याउदछ । विश्वमा रहेका विभिन्न स्तरका मानवीय संकट र विपदमा आफैले वा अरुलाई सहयोग गरेर रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासंघ र राष्ट्रिय सोसाइटीहरुको संलग्नता आफैमा महत्वपूर्ण छ ।

जीवन जीउनु मात्र ठूलो कुरा होइन रहेछ । मानवताको लागि रेडक्रसले आफ्नो जन्मकाल देखिनै अन्तर्राष्ट्रिय मानवीय कानुनको प्रार्दूभाव गरी युद्धको पनि नियम हुन्छ भन्ने सन्देशसगै विश्व समुदायलाई पहिलो पटक झक्झक्याउने र अडिएर सोच्नु पर्ने अवस्था सृजना गरेको छ । विभिन्न समयका ४ वटा जेनेभा महासन्धी र ३ वटा अतिरिक्त सन्धिपत्रहरु यसका प्रमुख आधार हुन । साथै राष्ट्रिय रुपमा रेडक्रस कानुन निर्माण गरी यस अभियानलाई व्यवस्थित गर्नुपर्ने जिम्मेवारी जेनेभा महासन्धीमा हस्ताक्षर गर्ने सम्वन्धित देशका सरकारहरुको रहन्छ । यद्यपी नेपालमा रेडक्रस कानून मस्यौदाको रुपमा रहेको छ ।

सबैको रेडक्रस, सिद्धान्तनिष्ठ सञ्जाल विश्वभरि विस्तार गरी साधारण अवस्था र शान्तिकालमा सरकार, आम नागरिक, समुदाय, रेडक्रसप्रेमी र रेडक्रसकर्मी साथै यसका निकायहरुको क्षमता विकास गर्ने, सचेतना अपनाउने र प्रतिकार्यका उपायहरुको अवलम्वन गर्ने र विपत्तिपूर्ण अवस्थामा सतर्क रहने र खोज उद्धार र प्रतिकार्यका लागि आफ्ना स्वयंसेवकहरुलाई समुदाय र सरकारसँग मिलेर जुट्ने कुरामा रेडक्रसले सधैं जोड दिइरहेको हुन्छ । सीमित साधन श्रोतको अधिकतम् परिचालन गर्ने, सानो–सानो सहयोग संकलन गरेर ठूला–ठूला प्रतिकार्यमा जुट्ने समुदायको चाहना र आवश्यकता अनुसार दाताहरुको खोजी गर्ने, आफ्ना स्वयंसेवकहरुलाई क्षमता अनुसार परिचालन गर्ने, सामाजिक मूल्य, मान्यता र कृयाशीलतालाई पहिलो प्राथमिकता दिने, कुनै पनि हिसाबले कसै प्रति भेदभाव नगर्ने, न कसैसँग टक्कर, न कसैको दासता स्वीकार्ने, विपदमा सधै समुदायसँगै साथमा रहने, आवश्यकता अनुसार समुदायसँग लिएर समुदायलाई नै दिने, देशको प्रचलित कानुनको परिपालना गरी सरकारको सहयोगी निकायका रुपमा मानवीय सेवामा कृयाशील रेडक्रस आज करीब २०० राष्ट्रमा मानवताका लागि विभिन्न रूप र स्तरमा हातेमालो गर्दै कृयाशील छ ।

संसारमा मानवता भन्दा ठूलो अरु केही हुनै सक्दैन । रेडक्रसको जन्मसँगै मानवताको आवाज मुखरित भएको छ । यसका सात आधारभूत सिद्धान्तहरु मध्ये पहिलो सिद्धान्त मानवताका लागि नै अन्य ६ वटा सिद्धान्तहरु निर्माण गरिएका हुन् । मानवताका लागि हरेक व्यक्ति आफैमा विकल्प हो । एउटा मानिसले मानवता भुलेको सन्दर्भमा अर्को मानिसलाई चोट पुगीरहेको हुन्छ । रेडक्रसको लम्वे अभियानमा जुट्दै जाँदा हाम्रा अग्रज रेडक्रसकर्मीहरुले जान अञ्जानमा गरेका वेला बखतका कमी कमजोरीबाट सिङ्गो संस्था र निष्ठापूर्वक लागेकाहरुको भावनामा चोट लागेको यथार्थ हो । आजको दिनमा सबैको आस्था र विश्वासको धरोहर रेडक्रसका सहयोगी मनहरुको चौतारीलाई अझ बलियो बनाऔं । हाम्रा व्यक्तिगत इच्छा, आकाङ्क्षा र महत्वकाङ्क्षाहरुलाई भीरमा राखेर संस्थाको आदर्श, मूल्यमान्यता, सिद्धान्त र भावनालाई शिरमा राखेर जेनेभा महासन्धि, यसका अतिरिक्त सन्धिपत्रहरुले निर्देशन गरेको अन्तर्राष्ट्रिय मानवीय कानून र यसका विधि विधानहरुलाई आत्मसाथ गर्दै मानवताका लागि ‘सबैको रेडक्रस सिद्धान्त निष्ठ सञ्जाल’को भावनाले आदरणीय अग्रजहरुको योगदानको उच्च सम्मान गर्दै ताली बजाउनुहोस् (३ प्भभउअबिउउष्लन) भन्ने यस वर्षको नारालाई आत्मसाथ गरी सिङ्गो नेपाल रेडक्रसको भावनात्मक एकता र कृयाशीलताको कामना सहित सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(लेखक नेपाल नेपाल रेडक्रस सोसाइटी, कास्कीका उप–सभापति हुन् । सं.)

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width