क्वारेन्टिन सुधारको आवश्यकता

सुदीप घिमिरे
असार २२, २०७७

चारै तिर पर्खाल । दुई वटा प्रबेशद्वार । दक्षिण तर्फको प्रवेशद्धारमा साँचो लगाएको थियो । भित्रवाट बोराले छेकिएको थियो । मान्छेहरु देखिएका थिएनन् । प्यालवाट चिहाएर हेर्दा मान्छेहरु भित्र चौरमा दाया वाया गरेको देखिन्थ्यो । लाग्थ्यो उनीहरु बन्दी नै हुन् । कारागार भित्र थुनिएको छ । तर उनीहरु बन्दी नभएर क्यारेन्टिनमा राखिएका व्यक्तिहरु हुन् । स्याङजाको गल्याङ नगरपालिका भित्र रहेको एक क्यारेन्टिन स्थल ।

भेट्नका लागि दक्षिण प्रबेशद्वार लेखिएको थियो । यो लेखक र स्थानीय मनोविमर्शकर्ता कल्पना भण्डारी दक्षिण प्रवेशद्धार लाग्यौ । आधा घण्टा भन्दा बढी समय बस्यौ । कोही आएनन् । कोही देखिदैनन् । भित्र प्रवेश गर्ने नगर प्रमुखलाई पटक पटक फोन गरिसक्यौ । स्थानीयले सोधे तपाईहरु किन यहाँ बस्नु भएको ? काउन्सेलिङ गर्न आएको हामीले उत्तर दियाँ । यहाँ त आफन्तहरुले मात्र भेट्ने हो उनीहरुले भनेँ । पुन पश्चिम प्रवेशद्धारमा लाग्यौं । कोही वाहिर निस्केनन् । वाहिरका व्यक्तिहरु कोही भित्र प्रबेश नगर्ने रहेछन् । भित्र रहेका एक व्यवस्थापक आए । हामीले हाम्रो कामकोवारे भन्यौं । उनले ढोका खोले । ढोकामा नछुन भने । हामी भित्र प्रवेश गरौं ।

८२ जनालई चौर निस्के पछि उनीहरुलाई व्यवस्थापन गर्न र आफु कसरी सुरक्षित रहने चिन्ता भयो । चौरमा बस्न सक्ने अवस्था थिएन । चौर हिलो थियो । सवैलाई चौरमा उभिन भन्यौं । सवै युवाहरु भारतवाट आएका । कोही टिसर्टमा । कोही हाफ् पेन्टमा थिए ।

भित्र व्यवस्थापन पक्ष बस्ने छुट्टै भवन थियो । संक्रमणको शंका लागेका व्यक्तिहरु राख्ने स्थल छुट्टै भवनमा थियो । विद्यालयको वीच भागमा डोरी थियो । क्यारेन्टिनमा राखिएका व्यक्तिहरुले उक्त डोरी काट््न पाउँदैनन् । चौरको वीच भागमा सानो पाल टागिएको थियो । खाना, खाजा खाने वेला उक्त पाल प्रयोगमा ल्याउने रहेछ । पाल मुनी दुई वटा टेवलहरु थिए । जहाँ व्यवस्थापकले खाना, खाजा दिने । अर्को टेलववाट सहभागीहरुले लिने गर्ने रहेछन् । उनीहरु बोल्दा टाढैबाट बोल्ने चलन रहेछ । इन्टरनेटको सुबिधा भएकाले परिवार, देश भित्र र वाहिरको खवरहरुसंग जोडिन सजिलो भईरहेको छ । मोवाइलको पहुँच नभएका व्यक्ति र अशिक्षित व्यक्तिहरुलाई भने समय कटाउन कठिननै हुने रहेछ ।

व्यवस्थापकले ठूलो आवाज निकालेर सवैलाई बोलाए । एक छिनमा ४२ जना मान्छेहरु विद्यालयको चौरमा आए । दुई जना महिला मात्र थिए । एक जना बालक । बाँकी सवै पुरुष । परिचय पछि पालै पालो उनीहरुलाई हामीले बोल्न दियौं । मनमा कस्तो अनुभूति भईरहेको छ । दिन कसरी विताउनु भएको छ यस्तै यस्तै । पालै पालो उनीहरुको भनाई सुन्दै गयौं ।

एक जनाले भने ‘भारतीय सेनाको रिटायर आर्मी हुँ । रिटायर हुनै वित्तिकै लकडाउन भयो । कार रिजर्भ गरेर आएको । मलाई संक्रमण त छैन होला । सुरुका पाँच दिन मलाई समय कटाउन धेरै कठिन भयो । घर परिवारलाई फोन गरेर उपन्यासहरु मगाएँ । अहिले उपन्यासहरु पढ्न बस्न थालेको छु । तनाव अल्लि कम भएको छ ।’

अर्को एक महिलाले थपिन्ः ‘मेरो कोठामा संगै बस्नेलाई कोरोनाको संक्रमण देखिएर आइसोलेसनमा लगेको छ । मलाई पनि संक्रमण भयो कि भनेर डर लाग्छ । राती भरी निन्द्रा लाग्दैन् । छटपटि भईरन्छ । यो चिन्ता कम गर्न के गर्ने ?’
त्यसैगरी अर्को एक जना युबकलाई वोल्न अरुले जोडदिए । उनी बोल्न डराए । ‘म पानी खाएर आएछु अनि मेरो कुरा भन्छु’ भन्दै कोठा भित्र लागे । सवै जना हाँसे । पानी खाएर फर्किए । उनले भने मेरो सुर्ती खाने वानी थियो । खान नपाएको धेरै भयो । छटपटि हुन्छ । हिजो विद्यालयको पर्खालवाट भाग्न खोज्या । पछि आफै फर्किएर आयाँ ।

अर्को एक युवकले थपे ‘मेरो भाईले आत्महत्या गरे छ । त्यसले गर्दा मलाई निन्द्रा परेन । खाना खान, बोल्न कसैसंग मन छैन् ।’

सहभागीहरुले यस्तै यस्तै गरी आफ्ना मनका भावनाहरु सुनाए । संकटको समयमा मनमा अनेकौ सोचहरु आउनु सामान्य हो । सामान्यीकरण गराउन प्रयास गरैँ । दैनिक तालिका वनाउन सहयोग गर्‍यौं । केही योगा अभ्यासहरु सिकायौ । समुहमा नाच्न र रमाइलो गर्ने प्रेरणा दियौँ । झण्डै दुई घण्टाको कुराकानी पछि हामी विदा भयौं । दुई दिन पछि त्यही विद्यालयमा पुग्यौं । पहिलो दिनमा गरेको कुराकानी र अभ्यासले उनीहरुलाई प्रेरणा मिलेछ । उनीहरु त हरेक दिन नाच्ने र विद्यालय सरसफाई गर्न सुरु गरेँ छन् । उनै भारतीय आर्मीलाई योगा गुरु वनाएर हरेक दिन आधा घण्टा योगा अभ्यास गर्न सुरु गरेछन् । त्यसले गर्दा उनीहरुमा भएको तनाव कम हुन सहयोग मिलेको छ ।

त्यस्तै गरी हामी गल्याङ नगरपालिका भित्र रहेका अन्य पाँच ओटै क्यारेन्टिनमा पुग्यौं । नीजी विद्यालयहरु चिराङ र आदर्श उच्च माविमा पुग्यौ । सरकारी विद्यालयमा रहेका क्यारेन्टिन भन्दा नीजीमा राखिएको क्यारेन्टिन अल्लि सफा र व्यवस्थित लाग्यो । गल्याङ कलेजमा ८२ जना भन्दा बढी व्यक्तिहरु थिए । चौर, कोठा भित्र वाहिर मान्छे मात्रै थिए । कुकुरहरु भित्र वाहिर गरिरहेका थिए । को क्यारेन्टिनमा राखिएको व्यक्ति, को व्यवस्थापन गर्ने व्यक्ति अन्योल जस्तै थियो ।
नीजी विद्यालयमा जसरी सीमा क्षेत्रहरु निर्धारण गरिएको थियो सरकारी क्यारेन्टिनमा त्यस्ता क्षेत्रहरु निर्धारण भए पनि कडारुपहरुमा लागु गरिएको थिएन । हामीले २५/३० जनालाई मात्र समुह मनोबिमर्शका लागि वोलायौं । तर सवै जना एकै चोटी आए । ८२ जनालई चौर निस्के पछि उनीहरुलाई व्यवस्थापन गर्न र आफु कसरी सुरक्षित रहने चिन्ता भयो । चौरमा बस्न सक्ने अवस्था थिएन । चौर हिलो थियो । सवैलाई चौरमा उभिन भन्यौं । सवै युवाहरु भारतवाट आएका ।

ही टिसर्टमा । कोही हाफ् पेन्टमा थिए । पालै पाले कुराकानी ग¥यौं । त्यति धेरै मान्छेहरुको कुरा सुनाउने वाताबरण भएन । त्यै पनि हामीले शारीरिक दूरीलाई बढी प्राथमिकताका साथ भन्यौं । शारीरिक दूरी कायम गर्नु पर्दैन ? प्रश्न सोध्यौ । उनीहरुको उत्तर आयोः ‘एकै कोठामा १० जना राख्ने सरकारलाई यसको प्रश्न सोध्नुहोस् ।’ हामी मौन भयौं । यसको उत्तर हामी संग थिएन ।

हामीले भन्यौ यस्तो अवस्था शारीरिक दूरी कायम राख्नु महत्वपूर्ण छ । यदी कोही व्यक्तिमा संक्रमण पहिचान भएमा अर्को व्यक्तिलाई पनि सर्न सक्छ । तर त्यहाँ यस्ता सूचनाहरु प्रभावकारी भएनन् किनभने व्यवस्थापन पक्षले शारीरिक दूरीलाई महत्व दिन सकेनन् । त्यसै उनीहरुलाई २४ दिन भन्दा बढी क्यारेन्टिमा बसीरहेका छन् । उनीहरुको पी.सी.आर परिक्षण दुई पटक भन्दा बढी गरिसकिएको उनीहरुले बताए ।

एकै नगरपालिकामा दुई, तीन सय व्यक्तिहरु क्यारेन्टिमा रहदाँ उनीहरुकालागि चाहिने खाना, खाजा, पानी, औषधी मुलो स्थानीय सरकारलेनै गदै आएको छ । सामान्य परिवारलाई एक महिना घर खर्च व्यवस्था गर्न हजारौ रुपैयाँ लाग्छ । तर यसरी स्थानीय सरकारले सयौ युवाहरुलाई पालिरहेको छ । खर्च, औषधी मुलो व्यवस्थापन गरिरहेको छ । व्यवस्थापनमा भने कमजोरी पक्षहरु देखिएका थिए । युवाहरु स्थानीय सरकारप्रति ओक्रोशित थिए । हाम्रो अवस्थाको वारेमा बुझ्न कोही नेताहरु किन आउदैनन् ? पी.सी.आर परिक्षण समयमा किन हुदैन । त्यसको नतिजा आउन किन हप्तौ लाग्छ । हामीलाई चिन्ता, तनाव छ तर जव सम्म परीक्षणको नतिजा आएदैन तव सम्म कुराकानी गर्नुको कुनै अर्थ छैन् भन्दै रिस व्यक्त गर्थेँ । हामी भने उनीहरुमा भएको रिसलाई निकाल्न अझै प्रेरणा थपिरहेका थियौं । जति बढी मनमा भएका विकारहरु निकाल्यो उति मन हल्का हुन्छ भन्दै उनीहरुलाई आफ्नो भावनाहरु सुनाउन प्रेरणा दिइरहेको थियौं ।

समुहमा गरिएको सामुहिक मनोसामाजिक सहयोगले व्यक्तिहरुमा आत्मबल बढेको थियो । तनावको वेला कसरी समस्याको सामना गर्ने भन्ने नयाँ विधिहरु उनीहरुले पाएका थिए । अल्लिनै बढी समस्यामा रहेकाहरुलाई छुटै भेटेर मनोबिमर्श सहयोग गर्दा समस्याको व्यवस्थापन गर्न सहज भएको थियो । देश भरी क्यारेन्टिन स्थलहरु कयौ छन् । क्यारेन्टिनमानै आत्महत्या भएका समाचारहरु आइरहेका छन् । हामीले सामी परियोजना र स्थानीय नगरपालिकाले गरेको सानो प्रयासले व्यक्तिहरुमा रहेको तनाव व्यवस्थापन गर्न सहज भएको थियो । देश भरी यस्तै खालको आवश्यकता छ । तर सरकार, स्थानीय निकायले पनि यस्तो कार्यक्रमलाई प्राथमिकता साथ लागु गर्नु पर्ने देखिन्छ । खाना दिएको छ । बस्ने स्थान छ भनेर मात्र हुदैन् । उनीहरु दिनभर के काम गर्दछन् । उनीहरुको व्यवहारहरुलाई उत्तिकै चासो दिनु जरुरी छ । विदेशी भूमिवाट आए पनि उनीहरु हाम्रै नेपाली दाजु भाई हुन्। क्यारेन्टिन स्थल मान्छे राख्ने र थुन्ने केन्द्र भन्दा संरक्षण स्थलको रुपमा विकास गराइनु पर्छ । खाना, सुरक्षा, परीक्षण संगै मनोबैज्ञानिक पक्षको व्यवस्थापनमा चासो दिनु पर्ने अहिलेको आश्यकता हो । नत्र आत्महत्याको क्रम बढ्न सक्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग