अनलाईन कक्षा कसरी प्रभावकारी वनाउने ?

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७७

“मैले देख्या टिचर”, एक विद्यार्थी ।
“मैले त देखिन टिचर”, अर्को बिद्यार्थी ।
“आवाज काटिएर आएको छ” वीचैमा अर्को बिद्याथीले थपे ।
“मेरो होमओर्क आयो टिचर” अर्कोले प्रश्न गर्यो ।

“हिजोको कक्षामा म बस्न पाइन बत्ति गयो । आज फेरी दोहोर्याईदिनु है टिचरै”, अर्को बिद्यार्थीको गुनासो थियो ।

बीचैमा अभिभावक बोले “टिचर हजुरको मोवाइल नम्बर दिनुहोस् न, कक्षा सकिए पछि हजुरसंग कुरा गर्नु छ ।”

यी वा यस्तै बिषयहरु अनलाईन कक्षामा दिनहुँ आजभोली नियमित आउने गर्दछन् । एक घण्टाको अनलाईन कक्षामा कसको जिज्ञास मेटाउने र कसरी प्रभावकारी ढंगले पढाई संचालन गर्ने शिक्षकहरुलाई चुनौतिको बिषय बनेको छ । गत चैत्र महिना देखि लाखौ बिद्यार्थीहरुले बिद्यालयमा गएर पढ्न पाएका छैनन् । कोरोना भाईरसका पढाई अनिश्चित वनेको छ । बिद्यार्थीहरुले पढ्ने अवसर गुमाएका छन् । बिद्यालय संचालन गर्न सरकारले भाद्र देखि तयार गरे पनि कोरोनाको संक्रमण समुदायमा फैलन थाले पछि उक्त निर्णयवाट सरकार पछि हटेको छ । लाखौं बिद्यार्थीहरुको पढाई अझै अनिश्चित वन्न थालेको छ । कतिपय समुदायका सरकारी र नीजि बिद्यालयहरु अझै क्यारेन्टिरहरु वनाईएका छन् । केही क्यारेन्टिनहरु भने स्थानीय सरकारले हटाई सकेको छ । अनिश्चितता बढेसंग केही सरकारी र नीजि बिद्यालयहरुले अनलाईनवाट कक्षाहरु सचालन गर्न थालेका छन् । शहरी क्षेत्र र इन्टरनेटको पहुँच भएका अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई अनलाई कक्षामा भर्ना गराएका छन् । कक्षा संचालन भए पनि बिभिन्न प्राविधि पक्षका कारण त्यस्ता कक्षाहरु अझै प्रभावकारीरुपमा संचालन हुन सकेका छैनन् । आफु एक अभिभावकका नाताले आफुले देखेर भोगेको अनुभवहरुलाई यस आलेखमा समावेश गर्ने प्रयास गरिएको छ । यस आलेखमा अनलाईन कक्षामा के कस्ता समस्याहरु छन् । ती समस्याहरुको व्यवस्थापनका लागि बिद्यार्थी, अभिभावक, सरकार, शिक्षक र बिद्यालय व्यवस्थापकको के भूमिका हुन सक्छ भन्नेमा केन्द्रीत छ ।

भरखरै सरकारले केही रेडियो र टेलिभिजनहरुमा मार्फत कक्षाहरु संचालन गर्न थालेको छ । सवै बिद्यार्थीहरु त्यस्ता कक्षाहरुको पहुँचमा छैनन् । नेपालका प्रायः सबै कलेज र बिद्यालयहरुमा कसरी अनलाईवाट कक्षाहरु संचालन गर्ने भन्ने रणनीति छैन ।

अनलाइन कक्षाको मुख्य आवश्यकता इन्टरनेट हो । नेपालको हरेक समुदायका व्यक्तिहरुमा इन्टरनेट पहुँच छैन् । हालै गरिएको एक अध्ययानका अनुसार नेपालमा कुल जनसंख्याको ५६ प्रतिशत व्यक्तिहरु मात्र इन्टरनेटको पहुँचमा छन् भने जम्मा १३ प्रतिशत बिद्यालयहरु इन्टरनेटवाट कक्षा संचालन गर्न सक्षम छन् । इन्टरनेट पँहुच भए पनि इन्टेनेटमा आउने उतर चढावले कक्षामा समस्या आउन थालेको छ । बन्दा बन्दीको समय पछि इन्टरनेट चलाउनेको संख्या बढेको थियो । त्यो सामाजिक संञ्जाल मात्र । इन्टरनेट प्रदायकहरुले सामाजिक सञ्जालहरु चलाउन बिशेष प्याकेजहरु उपलव्ध गराएका छन् । पढाईका लागि पुरा भिडियो हेरेर गर्न मिल्ने सस्तो र सुलभ दरमा कुनै प्याकेज छैन । उदाहरणका लागि एक जुम मिटिङका लागि मात्र ५ सय एमबी देखि २ जीवी चाहिन्छ । शहरी क्षेत्रवाहेकका अन्य क्षेत्रमा यस्ता प्याकेज लिन सम्भव छैन् । वन्दाबन्दी लगत्तै अधिकांश बिद्यार्थीहरु गाउँमा छन् । गाउँमा यस्ता प्याकेजहरु लिन सम्भावना छैन ।
इन्टरनेट सुविधा भए पनि अर्को समस्या भनेको प्रविधिको उपलव्धता नहुनु हो । हरेक घरमा पढ्नका लागि ल्यापटप, स्मार्ट फोन उपलव्ध छैन् । भए पनि एक दुई । त्यस्ता साधनहरु परिवारका जेष्ठ सदस्यहरुले काम वा आफ्नो सजिलोका लागि लिएका हुन्छन् । पढ्नका लागि भने व्यवस्था गरेका हुदैनन् । वन्दाबन्दीको समय भन्दा पहिले कक्षा १२ पास नगरि मोवाइल दिनु हुदैन भन्ने मान्यता थियो । छोराछोरी बिग्रन्छन् भन्ने सोच थियो । तर कोरोना भाईरसका कारण तीन/ चार बर्षका नानीबाबु देखि कलेजमा पढ्ने बिद्यार्थीको हात हातमा मोवाइल र ल्यापटप छ । अभिभावकले प्रयोग नगरेर भए पनि छोराछोरीलाई मोवाइल र ल्यापटप उपलव्ध गराएका छन् । एकै परिवारमा तीन भन्दा बढी छोराछोरी भएका घरहरुमा भने पूर्णरुपमा अनलाईन कक्षामा सहभागी हुन पाएका छैनन् । यिनै प्राविधिक कारणले गर्दा अनलाईन कक्षा संचालन गरेका बिद्यालयहरुले ५० प्रतिशत भन्दा पनि कम बिद्याथीहरुलाई अनलाइनमा सकेका छन् ।

त्यसै गरी शिक्षकहरुलाई परम्परागत विधिवाट नयाँ प्रविधिमा आफुलाई अभ्यस्त बनाउन कठिन भएको छ । यो अर्को समस्या हो । वनाईको बिषयहरु पनि प्रविधि युक्त छैनन् । शिक्षकहरुलाई अनलाईवाट प्रभावकारी ढंगले कसरी कक्षा संचालन गर्ने भन्ने ज्ञान पनि छैन् । बन्दाबन्दीका कारण उनीहरुले क्षमता बृद्धिका तालिमहरुमा सहभागी हुन सकेका छैनन् । कतिपय शिक्षकहरु इमेल कसरी हेर्ने, कसरी पठाउने, गुगल क्लासमा कसरी गृहकार्यहरु दिने भन्नेमा पूर्ण अनभिज्ञ छन् । त्यही माथि अधिकांश शिक्षकहरुको आफ्नो ल्यापटप छैन । बिद्यालयहरुले ल्यापटप किनेर दिनसक्ने अवस्था छैन् । मोवालवाट कक्षा चलाउन सम्भावना छैन । पूर्वतयारी विना संचालन गरिएको अनलाईन कक्षाले दीर्घकालीनरुपमा शिक्षामा नकारात्मक असर पार्न सक्ने देखिन्छ ।

अभिभावकको पक्षवाट हेर्दा, कोरोना भाईरसका कारण धेरै अभिभावकहरुले आफ्नो आम्दानीको श्रोत गुमाएका छन् । देशको आम्दानीको मुख्य श्रोत बैदेशिक रोजगार हो । रेमिटेन्सले देशको अर्थतन्त्रमा थप टेवा पुगेको थियो । कामका लागि विदेशीने परिवारका छोराछोरीको पठाईमा थप टेवा मिलेको थियो । तर विस्तारै आम्दानी गुम्न थालेको छ । व्यापार व्यवसाय बन्द छ । त्यसैले गर्दा नियमित इन्टरनेटको खर्च व्यवस्था गरेर पढाईलाई निरन्तरता दिने सम्भावना कम छ । अनलाईन कक्षामा जोडिएका अभिभावकहरुले आफ्नो छोराछोरीलाई पूर्णरुपमा एक्लै छाड्न सक्ने अवस्था छैन् । साना नानीबाबुको पढाईका लागि दिनभरसंगै बस्नु पर्ने हुन्छ । सधै छोराछोरीको पढाईका लागि घरमै बसीरहने सम्भावना कम छ । त्यसले तल्लो तह देखि माथिल्लो तहसम्म पढाईलाई निरन्तता गराउन अभिभावकहरुलाई कठिन भएको छ ।

नेपाल सरकारले कोरोना भाईरससंग कसरी जुध्ने र पढाईलाई कसरी सँगै लैजाने भन्ने रणनीति वनाउन सकेको छैन । कोरोना भाइरसको संक्रमण अझै बढीरहेको छ । अन्योल र अनिश्चितता थपिएको छ । कहिले बिद्यालय खोल्ने ? कसैसंग पनि यसको उत्तर छैन् । भरखरै सरकारले केही रेडियो र टेलिभिजनहरुमा मार्फत कक्षाहरु संचालन गर्न थालेको छ । सवै बिद्यार्थीहरु त्यस्ता कक्षाहरुको पहुँचमा छैनन् । नेपालका प्रायः सबै कलेज र बिद्यालयहरुमा कसरी अनलाईवाट कक्षाहरु संचालन गर्ने भन्ने रणनीति छैन । शिक्षकहरु पनि अनलाईवाट कक्षा संचालन गर्न योग्य छैनन् । एक अनुसन्धानका अनुसार सावजनिक बिद्यालयका शिक्षकहरु एक प्रतिशतले पनि अनलाईनबाट पढाउन योग्य छैनन् । यही अपरिचित प्रविधि सवैका लागि वाधक वनेको छ । तथ्यांक विभागका अनुसार नेपालमा ६९.९४ प्रतिशत मात्र साक्षर छन् । त्यसमध्ये धेरै व्यक्तिलाई कम्प्युटर सम्बन्धी ज्ञान छैन ।

संकटकै कारण शिक्षालाई निरन्तरता दिन बिद्यालय, शिक्षक, अभिभावक सवै पक्षमा समस्याका पोकाहरु थुप्रा छन् । संकट लामो समय सम्म रहिरहन सक्ने भएकाले अनलाईन र अफलाइनको प्रविधि युक्त शिक्षाको विकास गराइनु अनिवार्य आवश्यकता भएको छ । तर सरकारसंग प्रष्ट नीति र रणनीति छैन । कति दिन सम्म बिद्यालय बन्द गरिरहने ? त्यसले अन्तिम विकल्प भनेको अनलाईन कक्षा हो । अनलाईन कक्षाका पनि आफ्नै फाइदा र बेफाइदाहरु छन् । तर पनि अनलाईनलाईनै अगाडि बढाउनु पर्ने बाध्यता छ । त्यसको लागि सरकार, स्थानीय निकाय, संघ संस्था, अन्तराष्ट्रिय निकायको ध्यान जानु पर्ने छ । इन्टरनेट पहुँच, अनलाईन शिक्षाको अभाव, प्रविधिसंग मिल्दो दक्ष जनशक्तिको अभाव मुख्य समस्याहरु हुन् । यस्ता समस्याहरुलाई ध्यान दिई अगाडि बढेमा बिद्यार्थी, अभिभावक, बिद्यालय व्यवस्थापनमा देखिएको निराशापनमा केहीहद सम्म भए पनि राहत हुनेछ । अतिविपन्न वर्गलाई शिक्षा सम्बन्धी इन्टरनेट प्याकेजहरु सस्तो र सुलभ वनाईनु पर्छ । अनलाईन कक्षालाई अझै प्रभावकारीरुपमा अगाडि बढाउन निम्न कार्यहरु गर्न सकिन्छ ।

सरकार, स्थानीय निकाय, बिद्यालयको भूमिका :

१) प्रविधिसंग मिल्दो कोषहरु तयार पारी लागु गर्न सहयोग गर्ने ।
२) शिक्षकहरुलाई प्रविधिमा दक्ष बनाउन सहयोग गर्ने ।
३) शिक्षकहरुले पाउने सेवा सुविधामा कटौटी नगर्ने ।
४) अनलाईन कक्षाका नियमहरु वनाउने । नियमहरुलाई कडाईका साथ लागु गर्ने ।
५) विद्यालयवाटनै अनलाईन कक्षाहरु संचालन गर्ने वाताबरण तयार गर्ने ।
६) अभिभावकहरुको प्रतिकृयाहरु लिने ।
७) परीक्षाहरु संचालनको परम्परागत विधि परिर्वतन गर्ने । हरेक बिद्यार्थीको क्षमता मूल्यांकन गर्ने ( बोल्ने, लेख्ने, सहभागिता, कक्षामा उपस्थिति आदि)
८) अतिविपन्न वर्गका छात्रछात्राहरुलाई इन्टरनेट र स्मार्ट मोवाइलका प्याकेजका लागि समन्यव गरिदिने ।

शिक्षकको भूमिका :

१) अनलाई कक्षा संचालन पूर्व तयारी गर्ने ।
२) कक्षाहरु बढी अन्र्तक्रियात्मक बनाउने । बिद्यार्थी नियन्त्रणमा बढी ध्यान दिने ।
३) बिद्यार्थीको अवलोकन गर्ने सीप र प्रतिविम्वन गर्ने सीपको विकास गर्ने । बिद्यार्र्थीको मनोबिज्ञानलाई ध्यान दिने ।
४) हरेक साताको अन्तिम दिन होमवर्क दिने । होमवर्क एक साता पछि बुझाउने । विद्यार्थीको मूल्यांकन गर्ने आधारहरु होमवर्क, कक्षामा सहभागीता, उनले दिने तर्क र अनलाई कक्षाको उपस्थितिलाई आधार मान्ने ।

अभिभावकको भूमिका :

१) अनलाइन कक्षामा छोरोछोरीलाई भर्ना गराउने ।
२) इन्टरनेट र मोवाइलको समस्या भएमा बिद्यालयसंग सम्पर्क राख्ने ।
३) छोरोछारीको पढाइ, होमवर्कमा अनुगमन गर्ने ।
४) बिद्यालयका शिक्षकहरुसंग नियमित सम्पर्कमा रहिरहने ।
५) अनलाइन सम्भव नभए अफलाइनमा छोराछोरीलाई प्रेरणा दिने ।

बिद्यार्थीहरुको भूमिका :

१) अनलाइन कक्षामा ध्यानदिएर सहभागी हुने ।
२) अनलाईन कक्षाका नीति नियमहरु पालना गर्ने ।
३) कक्षा कार्य र गृहकार्यहरु रुचीपूर्वक गर्ने आदि ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width